युक्रेनलाई नयाँ हतियार पठाउँदा द्वन्द्व चर्किने क्रेमलिनको चेतावनी

एजेन्सी । युक्रेनलाई थप हतियार उपलब्ध गराए द्वन्द्व चर्किने चेतावनी बुधबार क्रेमलिनले दिएको छ ।
राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको ह्वाइट हाउस भ्रमणका क्रममा वासिङ्टनले कीभका लागि नयाँ हतियार प्याकेज घोषणा गर्ने अपेक्षबीच क्रेमलिनले युक्रेनलाई सहयोगी राष्ट्रले थप हतियार उपलब्ध गराउँदा द्वन्द्व चर्किने बताएको हो ।
प्रवक्ता दिमित्री पेस्कोभले भने, ‘यी सबै कुराले निश्चित रूपमा द्वन्द्वलाई बढावा दिन्छ र युक्रेनका लागि राम्रो सङ्केत गर्दैन । मस्कोले युक्रेनले शान्ति वार्ताबारे आफ्नो अडान परिवर्तन गर्ने अपेक्षा गर्दैन । युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको वार्ता इन्कार गर्नुहुने छैन ।’
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले बुधबार नै वासिङ्टनमा अमेरिकी समकक्षी जो वाइडेनसँग भेटवार्ता गर्ने कार्यक्रम सार्वजनिक भएको छ ।
ह्वाइट हाउसकी प्रवक्ता करिन जिन पियरेले मङ्गलबार र युक्रेनी राष्ट्रपति जेलेन्स्की स्वयंले बुधबार मात्र भ्रमण कार्यक्रमबारे पुष्टि गरेका छन् । पियरेले एक विज्ञप्ति जारी गर्दै भने, ‘यो भ्रमणले युक्रेनलाई जति सक्दो लामो समयसम्म सहयोग गर्ने अमेरिकाको दृढ प्रतिबद्धतालाई दर्शाउनेछ ।’
जेलेन्स्कीले बुधबार गरेको ट्वीटर सन्देशमा आफ्नो अमेरिका भ्रमणबारे पुष्टि गर्दै लेखेका छन्, ‘युक्रेनको लचकता र प्रतिरक्षा क्षमतालाई मजबुत बनाउन म अमेरिका जाँदैछु ।
ताजा अपडेट
-
परराष्ट्रमन्त्री डा राणा र जापानी विदेशमन्त्रीबीच भेट
-
नक्कली प्रमाणपत्र पेस गरेर जागिर खाएको आरोपमा मुद्दा
-
युनाइटेड सिमेन्ट्सकाे नि:शुल्क सिलाई-कटाई प्रशिक्षण कार्यक्रम सम्पन्न
-
‘बजेटमा साधारण खर्च घटाइ विकास खर्च बढाउनुपर्छ’
-
पतञ्जली जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन अख्तियार पठाइने
प्रतिक्रिया