प्रधानमन्त्रीको दाबीसहित ओली–प्रचण्ड पुगे शितल निवास
काठमाडौं । प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएसँगै एमाले अध्यक्ष केपी ओली र प्रचण्ड राष्ट्रपति भवन शितल निवास गएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता समीकरण भत्तिएपछि प्रचण्डलाई प्रधानमन्त्री बनाउन ओली तयार भएका हुन् ।
आलोपालो प्रधानमन्त्री हुने गरी सहमति भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए । ती नेताले प्रचण्डलाई एमालेसहित रास्वपा, राप्रपा, जसपा, नाउपा र जनमत पार्टीको समर्थन रहेको दाबी गरेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धार ७६ (२) बमोजिम प्रधानमन्त्री नियुक्त गर्न दलहरूलाई सात दिनको समय साँझ ५ बजे सकिँदै छ । २७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ सिट आवश्यक पर्छ ।
नयाँ समीकरणमा एमालेसँग ७८, माओवादीसँग ३२, रास्वपासँग २०, राप्रपाको १४, जसपाको १२, जपाको ६ र नाउपाको एक स्वतन्त्रसहित ४ सिट रहेको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया