ट्र्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु

बझाङ । जिल्लामा ट्र्याक्टर दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ । जिल्लाको छविसपाथीभेरा गाउँपालिका–५ थलारामा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै ज्यान गएको प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए ।
सोमबार साँझ करिब ८ बजेको समयमा ट्र्याक्टर दुर्घटना हुँदा छबिसपाथीभेरा–५ स्थायी ठेगाना भएका चालक मङ्गल धामी र सहचालक धनबहादुर ठगुन्ना रहेका छन् । झोलुङ्गे पुलका सामान लिएर गएको से२त २३४३ नंको उक्त ट्र्याक्टर उकालो सडकमा पछाडि सरेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
नेप्से २२ अंकले घट्यो
-
यस्तो छ स्पेन भ्रमणबारे संसद्मा प्रधानमन्त्रीको सम्बोधन (पूर्णपाठ)
-
स्पेन भ्रमणबाट विकास साझेदारीका प्राथमिकता मुखरित भएको छ : प्रधानमन्त्री
-
विपिन जोशीको रिहाइका लागि पहल जारी राख्न इजिप्टलाई आग्रह गरेको छु : प्रधानमन्त्री
-
मनसुनजन्य विपद : काभ्रेमा हजार बढी घरपरिवार उच्च जोखिममा
प्रतिक्रिया