रुसमा बहुराष्ट्रिय कम्पनीले कारोबार रोक्ने क्रम बढ्याे
मस्को । रुसमा विभिन्न बहुराष्ट्रिय कम्पनीले आफ्ना कारोबार रोक्ने क्रम जारी राखेका छन् । पछिल्लोपटक अमेरिकी कम्पनी वाल्ट डिज्नीले रुसमा आफ्नो कारोबार केही समयका लागि स्थगित गर्ने घोषणा गरेको छ ।
अमेरिकी बैंक गोल्डम्यान स्याक्सले पनि रुसबाट बाहिरिन लागेको जनाएको छ । यस्तो कदम चाल्ने गोल्डम्यान स्याक्स अमेरिकाको पहिलो महत्त्वपूर्ण बैंक हो ।
यसबाहेक काेकाकाेला, म्याकडोनाल्ड्सलगायतका कम्पनीले पनि रुसमा आफ्नो कारोबार बन्द गरेका छन् । तर बर्गर किङ रेस्टुरेन्ट रुसमा खुलिरहेको छ । एली लिलीले औषधिको आपूर्ति गरिरहेको छ । पेप्सीकोले दुध र बालबालिकाको खाद्यान्न बेचिरहेको छ ।
युक्रेनमा घातक हिंसाका कारण मानवीय संकट बढ्दै गएपछि रुसलाई सजाय दिन पश्चिमी सरकारहरूले आर्थिक प्रतिबन्धहरू बढाएपछि रुसबाट बाहिरिने व्यवसायहरूको गति गत सातादेखि ह्वात्तै बढ्यो ।
प्रमुख तेल कम्पनीहरू बिपी र शेल रुसमा अर्बौं डलर लगानी गर्नबाट टाढिए । म्याकडोनाल्ड, स्टारबक्स र युनिक्लोले ग्राहकहरूलाई सेवा दिन बन्द गरे ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया