अमेरिकामा हरेक हप्ता ४८ हजार बालबालिकालाई कोभिड संक्रमण

एजेन्सी । संयुक्त राज्य अमेरिकामा हरेक हप्ता कम्तीमा पनि ४८ हजार जना बालबालिकालाई कोभिडको संक्रमण हुने गरेको छ ।
पछिल्ला केही हप्ता यस्तो अवस्था देखिएको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुका अनुसार पछिल्ला हप्ताहरुमा अमेरिकामा बालबालिकामा कोभिडको संक्रमण बढेको पाइएको हो ।
अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्स र अमेरिकी बालबालिका अस्पतालहरुको सङ्गठनले बुधबार यस्तो तथ्याङ्क दिएका हुन् । कोभिड संक्रमण सुरु भएदेखि एक लाख ५२ लाख बालबालिकालाई कोभिडको संक्रमण भएको पनि ती संस्थाले जानकारी दिएका छन् ।
ती तथ्याङ्कमा गएका चार हप्तामा मात्र एक लाख ६५ हजार बालबालिका थपिएका हुन् । अमेरिकाका कतिपय राज्यमा अहिले चिसोले निकै सताएको छ । त्यहाँ चिसोका कारण कैयौं मानिसको ज्यान पनि गएको छ ।
यस अवस्थामा पछिल्ला हप्ताहरुमा बालबालिकामा कोभिडको संक्रमण बढ्दै गएको देखिएको छ । स्वास्थ्य अधिकारीहरुले उमेर समूहका आधारमा कोभिड संक्रमितहरुको तथ्यांक तयार गरेर विश्लेषण गर्नुपर्ने अवस्था आएको पनि बताएका छन् ।
ताजा अपडेट
-
युएई जाने नेपाली श्रमिकको तलब निर्धारण
-
उद्धार अभ्यासका क्रममा गोताखोरका दुई सशस्त्र प्रहरी सप्तकोशीमा बेपत्ता
-
‘लगानी बोर्डको बैठक : मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृत
-
साताको अन्तिम दिन नेप्से परिसूचक पाँच दशमलव ९९ अङ्कले घट्यो
-
राष्ट्रिय सभामा सांसदहरुले भने- ‘आगामी आवको बजेट सन्तुलित र यथार्थपरक छ’
प्रतिक्रिया