साढे सात अर्ब असुलउपरको माग गर्दै कोकाकोलाविरुद्ध मुद्दा दायर
काठमाडाैं । राजस्व अनुसन्धान विभागले कोकाकोलालगायतका हल्का पेय पदार्थ उत्पादक कम्पनी बोटलर्स नेपाल लिमिटेडविरुद्ध कर छलीको मुद्दा दायर गरेको छ । विभागले उच्च अदालत पाटनमा सात अर्ब ४३ करोड ६३ लाख ८२२ रूपैयाँ असुलउपर गराउन माग गर्दै आज मुद्दा दायर गरेको हो ।
यहाँस्थित बालाजु औद्योगिक क्षेत्रस्थित बोटलर्स नेपाल लिमिटेडका सञ्चालक, प्रबन्ध निर्देशक, आर्थिक कारोबार लेखा परीक्षणको मुख्य जिम्मेवारीमा रहेका १७ जनालाई प्रतिवादी कायम गरी दायर गरिएको मुद्दामा विभागले अभियुक्तहरूबाट तीन अर्ब ७१ करोड ८१ लाख ५० हजार ४११ राजस्व चुहावट गरेकाले उनीहरूबाट त्यति नै जरिवाना रकम असूलउपर गर्न माग गरेको छ ।
बोटलर्स नेपाल लिमिटेडको निहित शेयर स्वामित्वमा परिवर्तन भएको सम्बन्धमा उक्त कम्पनीले ठूला करदाता कार्यालयलगायत सम्बन्धित निकायमा कुनै जानकारी नदिएको तथा शेयर स्वामित्व परिवर्तन हुनुपूर्व तथा पछाडिको आयकर ऐनअनुसार पूँजीगत लाभकर दाखिला गर्नेलगायत प्रक्रिया पूरा नगरी राजस्व चुहावट गरेको अभियोगपत्रमा विभागले उल्लेख गरेको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया