प्रहरीमा भनसुन बन्द, सरुवा–बढुवा मापदण्डअनुसार

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानले सरुवा, बढुवा र वृत्ति विकासका लागि मापदण्ड तयार गरी लागू गरिने बताएका छन् । मापदण्ड र कार्य सम्पादन मूल्यांकनका आधारमा बढुवा र सरुवा गर्ने–गराउने व्यवस्था कडाइका साथ पालना गरिने उनको प्रतिबद्धता छ ।
शुक्रबार प्रहरी प्रधान कार्यालय निरीक्षणपछि निर्देशन दिँदै उनले प्रहरी संगठनमा आफ्नो हस्तक्षेप नहुने र सिस्टमका आधारमा चलाइने प्रतिबद्धता व्यक्त गरेका हुन् । भ्रष्टाचारमा शून्य सहनशीलताको नीति कार्यान्वयन गरिने र कुनै प्रहरी आर्थिक लेनदेनमा मुछिए सम्बन्धित कार्यालय प्रमुखलाई सुरुमा कारबाही गरिने उनको चेतावनी छ ।
आफूमाथि जनताको धेरै अपेक्षा रहेको भन्दै चुस्त तरिकाले काम गर्न उनले आग्रह गरेका छन् । प्रहरीको सेवा–सुविधा बढाउने र महँगीअनुसारको रासनको व्यवस्था नहुने अवस्थाको अब अन्त्य गरिने उनको भनाइ छ । राजनीतिक दलका आवरणमा संरक्षित गुन्डागर्दीविरुद्ध निर्मम भएर कारबाही गर्न उनले निर्देशन दिएका छन् । प्रहरी प्रधान कार्यालयमा उनले निर्मला हत्या घटनाको प्रगति विवरणबारे ब्रिफिङ लिएका थिए । ब्रिफिङपछि सिआइबीमा कार्यरत डिआइजी दुर्गा सिंहको नेतृत्वमा नयाँ अनुसन्धान समिति गठन भएको छ । मनोचिकित्सकलगायतलाई समावेश गरी अनुसन्धान समिति बनेको हो । अहिले पनि सिआइबीले इन्स्पेक्टर नेतृत्वको टोली कञ्चनपुरमा खटाएर अनुसन्धान गरिरहेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
ताजा अपडेट
-
हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरगमाथा संवाद सफल : परराष्ट्रमन्त्री
-
एमालेले एक जिल्ला र १३ जनसङ्गठनको अधिवेशन गर्न बाँकी
-
युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा
-
सांसदको प्रश्न : के अब नेपाली जनता अध्याँरोमा बस्नुपर्ने अवस्था आएको हो ?
-
‘सगरमाथा संवाद’ को सन्देशसहित सशस्त्रका छत्यालले गरे सगरमाथाको सफल आरोहण
प्रतिक्रिया