चिनियाँ र रुसी राष्ट्रपतिद्वारा नयाँ वर्षको शुभकामना आदानप्रदान
एजेन्सी । चिनियाँ र रुसी राष्ट्रपतिले नयाँ वर्ष २०२३ को अवसरमा दुई नेता र दुई देशका नागरिकलाई शुभकामना आदान प्रदान गरेका छन् ।
शनिबार साँझ उनीहरुलाई नयाँ वर्ष २०२३ को स्वागत गर्दै यस वर्षले दुवै देशका नागरिकमा शुभकामना आदान प्रदान गर्दै आपसमा बधाई पनि साटा साट गरेको बताइएको छ ।
चिनियाँ राष्ट्रपति सि चिनफिङले नयाँ वर्ष २०२३ को शुभकामना दिँदै रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उनीमार्फत् रुसी नागरिकमा बधाई ज्ञापान गरेको चिनियाँ समाचार समिति सिन्ह्वाले जानकारी दिएको छ ।
चिनियाँ राष्ट्रपति चिनफिङले चीन सरकार र चिनियाँ जनता तथा आफ्ना तर्फबाट रुसी राष्ट्रपति, रुस सरकार र त्यहाँका नागरिकलाई नयाँ वर्षको शुभकामना र बधाई ज्ञापन गरेको समाचारमा जनाइएको छ ।
चिनियाँ राष्ट्रपति चिनफिङले सन् २०२२ विश्वमा नै कोरोना महामारीका साथै अन्य विभिन्न समस्यामा परेको भन्दै तर यस वर्ष चीन र रुसबीचको सम्बन्ध सुमधुर रहेको सो शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।
त्यसैगरी यस सन् २०२३ मा पनि दुई देश असल सम्बन्ध र आपसी सहयोगका साथ अघि बढ्ने विश्वास पनि चिनियाँ राष्ट्रपति चिनफिङले सो सन्देशमा व्यक्त गरेका छन्। त्यसैगरी रुसी राष्ट्रपति पुटिनले पनि यस नयाँ वर्षमा चीन रुस सम्बन्ध सुमधुर हुने र आपसी सहयोगका साथ अघि बढ्ने बताएका छन् ।
रुसी राष्ट्रपति पुटिनले आफ्नो तर्फबाट र रुसी सरकारका तर्फबाट चिनियाँ सरकार र नागरिकलाई शुभकामना व्यक्त गरेका छन् ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया