युक्रेनी अस्पतालमा आफूले आक्रमण नगरेको रूसको भनाइ
काठमाडौं । रूसले युक्रेनको अस्पतालमा आक्रमण नगरेको दाबी गरेको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा रूसी सेनाले युक्रेनका सबै विद्यालय, अस्पताल र घनाबस्तीका शहरलाई आक्रमणको निशाना बनाएर भग्नावशेषमा परिणत गरिदिएको भन्ने समाचारबीच रूसले आक्रमण नगरेको जनाएको हो ।
युक्रेनका राष्ट्रपति भेलोदिमिर जेलेन्स्कीले पनि बुधबार अस्पतालमा भएको बम विष्फोटमा एक बालकसहित तीन जनाको मृत्यु भएको बताएका थिए । जसलाई रुसले स्वीकार गरेको छैन ।
यसैबीच, युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लयादिमिर पुटिनले आत्मविश्वासका साथ झुठो बोल्ने गरेका आरोप लगाएका छन् । रूसले युक्रेनमाथि आक्रमण गर्न सुरु गरेपछि विश्वभर रूसको आलोचना भइरहेको छ । १५ लाख भन्दा बढी युक्रेनी नागरिक रुसी आक्रमणबाट जोगिन आफ्नो देश छोडेर छिमेकी मुलुकमा पुगेका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया