टाटा समूहलाई उचाइमा पुर्याउने कृष्णकुमारको निधन
काठमाडौं (एजेन्सी) । टाटा सन्सका पूर्वनिर्देशक आरके कृष्णकुमारको निधन भएको छ । हृदयघातका कारण आइतबार उनको मुम्बईमा निधन भएको हो । उनी ८४ वर्षका थिए ।
कृष्णकुमार रतन टाटाको भरपर्दो सहयोगी मानिन्थे । टाटाको कन्सल्टेन्सी फर्म आरएनटी एसोसिएट्स र टाटा समूहको होल्डिङ कम्पनी टाटा सन्समा ६६ प्रतिशत सेयर रहेको समूहको च्यारिटेबल ट्रस्टमा उनी संलग्न थिए।
उनको निधनप्रति दुःख व्यक्त गर्दै रतन टाटाले एक असल साथी र सहकर्मीको निधनबाट पुगेको क्षतिलाई शब्दले वर्णन गर्न नसक्ने बताएका छन् ।
‘उहाँ टाटा समूह र टाटा ट्रस्टका सच्चा दिग्गज हुनुहुन्थ्यो । सामूहिक र व्यक्तिगत रूपमा गरेको साझेदारीलाई म सधैं सम्झिरहनेछु,’ उनले भनेका छन् ।
ताजा अपडेट
-
प्रश्नपत्र चुहावट प्रकरण : भारतीय प्रधानमन्त्री मोदीले गरे फास्ट–ट्र्याक अदालत बनाउने घोषणा
-
जन्तरमन्तरमा सुरक्षा कडा, दिल्लीका १६ मेट्रो स्टेशन बन्द
-
देशका विभिन्न स्थानमा सात वटा राजमार्ग तथा सडक खण्ड अवरुद्ध
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा शुल्क छुट, विदेशी वायुसेवा कम्पनी आकर्षित गर्ने प्रयास
-
विश्वकप लिग-२ : जित्नै पर्ने दबाबमा रहेको नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै


प्रतिक्रिया