नीताकाे ‘ह्रस्व दीर्घ’ मा गरिमा अनुबन्धित

काठमाडौं । टिकटक हुँदै म्यूजिक भिडियोमासम्मा पुगेकी गरिमा शर्मा नीता ढुंगानाको चलचित्र ह्रस्व दीर्घ’ मा जाेडिएकी छन् ।
नीता फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘ह्रस्व दीर्घ’मा भारतीय कलाकारहरुको पनि अभिनय देख्न सकिने छ । चलचित्रको द्वन्द्व निर्देशन चन्द्र पन्तले गर्न लागका हुन् । चलचित्रको छायांकन फेब्रुअरी १ देखि सुरु हुने जनाइएको छ ।
चलचित्रमा गरिमा,नीता र हरिहरलाई मुख्य भूमिकामा देखिने छ भने साउथका कलाकार ब्रह्मानन्दम, सुनिल वर्मा,प्रदीपराज रावत र चर्चित कमेडी कलाकार अलीकोसमेत भूमिका रहेको छ ।
यसै गरी, विपना थापा, सरोज खनाल, सलोन बस्नेत, रविन्द्र झालगायतका कलाकारको पनि अभिनय चलचित्रमा छ । गरिमाले चलचित्र ‘लण्डन टू पेरिस’ बाट नायिकाको रुपमा डेब्यू गरेकी हुन् ।
ताजा अपडेट
-
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
-
सभापति खतिवडाले राजीनामा दिनुपर्छ: माओवादी केन्द्र
-
दक्षिणी भारतको एक औषधि कारखानामा विस्फोट हुँदा ३६ जनाको मृत्यु
-
‘अति कम विकसित देशहरूले सहुलियतपूर्ण वित्तीय सहयोग चाहेका छन्’ : प्रधानमन्त्री ओली
-
कुलिङ पिरियडबारे सभामुखसँग सांसदहरूको छलफल
प्रतिक्रिया