लुम्बिनी प्रदेश कांग्रेस संसदीय दलको नेतामा डिल्ली चौधरी चयन
भालुवाङ । लुम्बिनी प्रदेशसभा कांग्रेस संसदीय दलको नेतामा डिल्ली चौधरी सर्वसम्मत चयन भएका छन् ।
दाङ क्षेत्र नं ३ (क) बाट दोस्रो पटक प्रदेशसभामा निर्वाचित उनी हाल पर्यटन, ग्रामीण तथा सहरी विकासमन्त्री छन् । संस्थापन पक्षका चौधरी संविधानसभा सदस्यसमेत थिए ।
संसदीय दलको नेताका लागि डिल्लीचौधरी, राजु खनाल, अब्दुल रज्जाक र जन्मजय तिमिल्सिना वीरबहादुर राना र निमा गिरी आकाङ्क्षी थिए ।लुम्बिनी प्रदेशसभामा कूल ८७ सिटमध्ये प्रत्यक्षमा १७ र समानुपातिकमा १० गरी कांग्रेसका २७ सांसद छन् ।
लुम्बिनी प्रदेशसभामा नेकपा एमाले पहिलो दल बनेको र सो दलमा २९ सांसद छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया