झिनो अंकले घट्यो नेप्से, कारोबार रकम बढ्यो
काठमाडाैं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक निरन्तर उकालो लागेकोमा आज झिनो अंकले घटेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३.०३ अंकले घटेर दुई हजार २०६१.०६ विन्दुमा झरेको छ ।
मंगलबार नेप्से घटेपनि कारोबार रकम बढेको छ । आज कुल २५७ कम्पनीको ५३ हजार ३१४ पटक कारोबारमा ८२ लाख २२ हजार ८३३ रूपैयाँ बराबरको सेयर खरिदबिक्री हुँदा कुल ३ अर्ब ४५ करोड ८० लाख ८९ हजार रूपैयाँ बराबरको कारोबार भयो ।
कारोबार भएका कूल १३ उपसमूहमध्ये आज चार उपसमूहको शेयर मूल्य बढेको छ भने बाँकी ९ उपसमूहको शेयर मूल्य घटेको छ ।
मंगलबार कारोबारका आधारमा हिमालयन डिष्टिलरी शीर्ष स्थानमा छ । जसको ४३ करोड १९ लाख ६४ हजार रूपैयाँको कारोबार भएको छ । यस्तै एनआइसी एशिया बैंकको ९ करोड ६६ लाख ९५ हजार, शिभम सिमेन्ट ९ करोड ४९ लाख १२ हजार, हिमाल दोलखा हाइड्रोपावर ८ करोड १७ लाख ९४ हजार र नेपाल रिइन्स्योरेन्स ८ करोड ३ लाख रूपैयाँको कारोबार भइ शीर्ष पाँचमा प्रवेश गरेका छन् ।
नेप्सेका अनुसार मंगलबार स्वेतगंगा हाइड्रोपावर, धौलागिरि लघुवित्त, खप्तड लघुवित्त र अजोड इन्स्योरेन्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै वीन नेपाल लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै ५.५९ प्रतिशतका दरले गुमाएका छन् ।
ताजा अपडेट
-
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्मा घटना, २ जनाको मृत्यु, १२ जना घाइते
-
बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान


प्रतिक्रिया