डा. गोविन्द केसीको पक्षमा कांग्रेसको धर्ना

नेपाल वाच/ चिकित्सा शिक्षा सुधारको माग गर्दै अनसन बसेका डा. गोविन्द केसीको पक्षमा प्रमुख प्रतिपक्षी दल कांग्रेसले धर्ना दिएको छ । केसीको सत्याग्रहप्रति ऐक्यवद्धता जनाउँदै पार्टी प्रवक्ता एवं प्रचार विभाग प्रमुख विश्वप्रकाश शर्मासहितको टोलीले महाराजगञ्जस्थित शिक्षण अस्पतालमा धर्ना दिएको हो । कार्यक्रममा विभाग उपप्रमुख डा. सुरेश आचार्य, सदस्य नीर शाह, मधुकर खनाल, दिनेश थापामगर लगायतको उपस्थिति थियो । धर्ना कार्यक्रममा प्रवक्ता शर्माले डा. गोविन्द केसीका माग तत्काल सम्बोधन गर्न र उनको जीवनरक्षा गर्नका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।
ताजा अपडेट
-
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
त्रिभुवन विमानस्थलको अध्यागमनमा खादा, माला र संस्थागत पहिचानका सामग्री प्रयोगमा प्रतिबन्ध
-
पाटन अदालतको इतिहासमा पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा
-
आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित
प्रतिक्रिया