पर्यटनमन्त्रीले आफ्नो कोरोना बीमाको एक लाखबाट गराए ३०० को कोरोना बीमा

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आफ्नो निर्वाचन क्षेत्र ताप्लेजुङका तीन सय असहाय, विद्यार्थी, मजदुर र निम्न आयस्तर भएका व्यक्तिको कोरोना बीमा गरिदिएका छन् । कोरोना संक्रमणमुक्त भएपछि बीमावापत पाएको रु एक लाख रूपैयाँबाट मन्त्री भट्टराईले ताप्लेजुङका जनताको बीमा गराएको मन्त्रीका स्वकीय सचिव प्रेम गुरागाईंले बताए । ‘उहाँ कोरोना संक्रमित भएर निको हुनुभएको १२१५ दिनमै बीमा रकम आयो । सोही रकम बीमाका लागि दिनुभएको हो’, गुरागाईंले भने । गुरागाईंका अनुसार दशैं अघि पनि ताप्लेजुङका एक हजार दुई सय ७३ जनाको कोरोना बीमाको जिम्मा मन्त्री भट्टराईले लिएका थिए ।
ताजा अपडेट
-
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
त्रिभुवन विमानस्थलको अध्यागमनमा खादा, माला र संस्थागत पहिचानका सामग्री प्रयोगमा प्रतिबन्ध
-
पाटन अदालतको इतिहासमा पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा
-
आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित
प्रतिक्रिया