बालुवाटार जग्गा हिनामिना : विषेश अदालतमा अख्तियारका पूर्वप्रमुख दीप बस्न्यातकाे वयान सुरु

काठमाडौं । बालुवाटारको सरकारी जग्गा गैरकानूनी ढंगले व्यक्तिका नाममा लगेको अभियोगमा आरोपित अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यात वयानका लागि अदालतमा उपस्थित भएका छन् । अख्तियारले सरकारी जग्गा हिनामिना गरेको भन्दै बस्न्यातसहित १७५ जनाविरुद्ध गत २२ माघ ०७६ मा विषेश अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । आयोगले बस्न्यातसँग ९ करोड ६५ लाख बिगो मागदावी गरेको थियो । तत्कालीन भाैतिक पूर्वाधार तथा यातायात सचिव हुँदा बालुवाटारकाे सरकारी जग्गा व्यक्तिका नाममा लग्न भूमिका खेलेकाे आराेप बस्न्यातमाथि छ । विषेश अदालतमा प्रवक्ता तथा उपरजिस्ट्रार पुष्पराज पाण्डेयका अनुसार बस्न्यात आफैं बयानका लागि अदालतमा उपस्थित भएका हुन् । उनको बयान न्यायाधीशत्रय प्रेमराज कार्की, अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयले लिइरहेका छन् । यस्तै सोही मुद्दाका प्रतिवादी कांग्रेस उपसभापति विजयकुमार गच्छदार लागतय भने अझै बयानका लागि अदालतमा उपस्थित भएका छैनन् । उनीसहित वयान बाँकी रहेका सबै आरोपितको घरमा म्याद तामेल भइसकेको प्रवक्ता पाण्डेयले बताए ।
ताजा अपडेट
-
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
त्रिभुवन विमानस्थलको अध्यागमनमा खादा, माला र संस्थागत पहिचानका सामग्री प्रयोगमा प्रतिबन्ध
-
पाटन अदालतको इतिहासमा पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा
-
आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित
प्रतिक्रिया