हङकङ उडानमा निगमको कडाइ, अब ४८ घण्टाको कोरोना परिक्षण रिपोर्ट चाहिने

काठमाडौं । नेपाल वायुसेवा निगमले अब हङकङ जाने यात्रुको ४८ घण्टाको कोरोना परिक्षण रिपोर्टलाई मात्रै मान्यता दिने भएको छ । यसअघि निगमबाट हङकङ जाने यात्रुले ७२ घण्टाको पीसीअार रिपोर्ट पेश गर्नुपर्ने व्यवस्था थियो । गत १५ मंसिरमा तेस्रो पटकको प्रतिबन्ध फुकुबा भएपछिको पहिलो उडानमा पाँचजना यात्रुमा कोरोना पोजेटिभ देखिएको थियो । त्यसपछि हङकङले पुस २ सम्मका लागि हङकङमा उडानमा प्रतिबन्ध लगाएको हो । मान्यताप्राप्त सरकारी प्रयोगशालाबाट गरिएको कोरोना परिक्षण रिपोर्टमा पनि साविककै समस्या दोहोरिएपछि निगमलाई हङकङ विमानस्थलले चौथो पटक प्रतिबन्ध लगाएको थियो । कोरोना परिक्षण गराएपछि आइसोलेसनमा नबसेका कारण पनि यस्तो समस्या दोहिरिएको हुन सक्ने निष्कर्ष निगम सञ्चतालन समितिले निकालेको हो ।
ताजा अपडेट
-
समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न प्रधानमन्त्रीको आग्रह
-
राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै
-
चितवनका २५ हजारभन्दा बढी परिवार बाढी–पहिरो र डुबानको जोखिममा
-
सबै मिलेर उद्यमशीलताबाट समृद्धि हासिल गर्नुपर्छ : प्रधानमन्त्री ओली
-
मौसमी सागसब्जी बेचेर मासिक दुई लाख आम्दानी
प्रतिक्रिया