कोरोना कहर : कुन देशको अवस्था कस्तो ?

कोरोना भाइरसको सन्त्रासले यतिबेला पूरै विश्व आक्रान्त छ । विश्वका अधिकांश मुलुकहरुले तेस्रो लहरको कोरोनाको सामना गरिरहेका छन् । हाम्रो छिमेकी मुलुक भारतको पनि १८ वटा राज्यमा कोरोना भाइरसको अलग–अलग प्रकार भेटिएका छन् । जुन स्वास्थ्यको लागि निकै हानिकारक भएको विज्ञहरुले बताउँदै आएका छन् । भारतमा भेटिएको उक्त भेरियन्टमा ब्रिटेन, दक्षिण अफ्रिका, ब्राजिलसँगै भारतमा पनि भेटिएको नयाँ ‘डबल म्युटेन्ट’ भेरियन्ट सामेल भएको पाइएको छ । कोरोनाको संक्रमण फेरि तीव्र हुन थालेपछि भारतले कोरोनाको खोप निर्यात नै बन्द गरेको छ । जसको सीधा प्रभाव नेपालजस्ता खोपको आश गरेर कुरिरहेका राष्ट्रमा परेको छ । खोपको घरेलु माग बढ्ने सम्भावनासँगै अप्रिल अन्तिमसम्मका लागि खोप निर्यातमा समस्या देखिन सक्ने भारतको विदेश मन्त्रालयले जनाएको छ । बुधबार भारतमा करिब ४७ हजार नयाँ संक्रमित फेला परेका थिए । जसमध्ये २ सय ७५ जनाको मृत्यु भयो । यो वर्ष भारतमा एकै दिन संक्रमण बढेको यो अहिलेसम्मकैै धेरै संख्या हो । भारतमा अवस्था प्रतिकूल भएसँगै नेपालमा पनि यतिबेला लकडाउनबारे अन्योल सिर्जना भएको छ । नेपालमा खोप नआउँदा झन् समस्या निम्तिने आकलन गरिएको छ । उता यूरोपमा भने खोप अभियान ढिलाइ भएपछि संक्रमितको संख्या ह्वात्तै बढेको छ । कोरोना भाइरसले महामारीको रुपमा लिँदा सबैभन्दा बढी प्रभावित यूरोपियन मुलुकहरु नै थिए । अहिले खोप आइसक्दा पनि यूरोपियन मुलुकहरु यो सन्त्रासबाट बाहिर निस्कन सकेका छैनन् । अहिले यूरोपका अधिकांश मुलुकमा लकडाउन लगाइएको छ । जर्मनीः प्रतिबन्ध बढाइयो तर ‘इस्टर’मा हुने भनिएको लकडाउन रद्द जर्मनीमा आगामी अप्रिल १८ सम्मका लागि प्रतिबन्ध लगाइएको छ । यद्यपि अप्रिलको सुरुमा इसाइहरुको चाड ‘इस्टर’मा गर्ने भनिएको पाँच दिने लकडाउन भने यतिबेला रद्द भएको छ । जनमानसमा लकडाउनबारे ब्यापक आलोचना भएपछि प्रतिबन्ध कायम नै राखेर लकडाउन भने रद्द गरिएको हो । लकडाउन गर्ने निर्णयबारे जर्मन चान्सलर एन्जेला मार्केलले छोटो समयमै यस्तो निर्णय गरिनु गल्ती भएको बताइसकेकी छिन् । योसँगै सात दिनको अवधिमा एक लाख मानिसलाई परीक्षण गर्दा सय जनामा नयाँ संत्रमण थपिएमा पुनः खोल्ने भनिएका क्षेत्रहरूमा पनि रोक लगाइने नीति अपनाइएको छ । नागरिकहरूलाई मास्कको अनिवार्य प्रयोग गर्न सुझाइएको छ । फ्रान्सको पेरिसलगायत अन्य स्थान पनि लकडाउन फ्रान्समा कोरोना भाइरस संक्रमणको तेस्रो लहर बढेपछि राजधानी पेरिस यतिबेला एक महिने लकडाउनमा गएको छ । पेरिससँगै मुलुकका १५ इलाकामा गत शुक्रबार मध्यरातिबाट एक महिनासम्मका लागि लकडाउन गरिएको छ । अति आवश्यकबाहेक अन्य क्षेत्र बन्द गरिए पनि विद्यालय भने खुला छ । वैध कारण बिना १० किलोमिटर भन्दा टाढा यात्रा गर्न पनि प्रतिबन्ध लगाइएको छ । इटाली पूर्ण रुपमा सटडाउन यतिबेला इटालीको रोम र मिलानसहित आधा भन्दा बढी क्षेत्रका पसल, रेस्टुरेन्ट र स्कुलहरू बन्द छन् । त्यहाँका नागरिकहरूलाई आवश्यक काम, स्वास्थ्य वा अन्य वैध कारणबाहेक घरबाट बाहिर निस्कन दिइएको छैन । त्यहाँकोे महत्वूर्ण चाडमध्येको ‘इस्टर’ मा पनि पूर्ण रुपमा बन्द नै हुने जनाइएको छ । डेनमार्कमा कोरोना पासका लागि प्रस्ताव डेनिस सरकारले १५ वर्षभन्दा माथिका सबैलाई ‘कोरोना पास’ को प्रस्ताव गरेको छ । मोबाइल फोन र कागजमा उपलब्ध हुने उक्त पासले व्यक्तिले खोप लगाएको, पहिला संक्रमित भएको वा विगत ७२ घण्टामा कोेरोना परीक्षण नेगेटिभ छ भन्नेबारे देखाउँछ । यसले मानिसहरूलाई रेष्टुरेन्ट, हेयरड्रेसर या कतै जानका लागि मापदण्डमा राख्ने र प्रतिबन्ध विस्तारै हटाउनका लागि पनि मद्दत हुने जनाइएको छ । अवस्थामा सुधार आए त्यहाँका साना–साना पसलहरू आगामी १ अप्रिलबाट, क्याफे र रेष्टुरेन्टमा आउटडोर खाना २१ अप्रिलबाट र ठूला किनमेल स्थानहरूले पनि सोही दिनबाट अनुमति पाउने जनाइएको छ । सिनेमा हल र इनडोर भोजनालय भने आगामी मे बाट मात्रै सुरु हुन सक्छ । ग्रीसमा संक्रमण दर अनुसारको प्रतिबन्ध गत मार्च १६ बाट ग्रिसका विद्यालयहरू दुई हप्ताका लागि बन्द भएका छन् । अत्याधिक संक्रमण दर भएका स्थानलाई ‘रेड जोन’ मा राखिएको छ । जसमा ग्रीसकाे सबैभन्दा ठूलो शहर एथेन्स, आवश्यकता कम भएका पसलहरू, सलोन आदि पर्छन् । आफूलाई आवश्यक पर्ने सामग्री खरिद गर्नका लागि मानिसहरू दुई किलोमिटरको दूरीसम्म जान सक्नेछन् । त्यसबाहेकका कामका लागि घर बाहिर निस्किन प्रतिबन्ध लगाइएको छ । साताको पाँच दिन बिहान ९ बजेदेखि साँझ पाँच बजेसम्म र बिदाको दुई दिन भने बिहान ७ देखि साँझ पाँच बजेसम्मका लागि कर्फ्यू जारी रहनेछ। चेक रिपब्लिकमा अझै कडा लकडाउन यूरोपियन मुलुकमध्ये कोरोना भाइरसको सबैभन्दा बढी प्रभावित देश हो चेक रिपब्लिक । यो देशले लकडाउनलाई थप कडा बनाउँदै लगेको छ। नयाँ नीतिअनुसार साना बच्चाहरू, अपांगता भएका बच्चाहरूका लागि नर्सरी तथा विद्यालयहरु बन्द छन्, जिल्लाहरू बीचको आवागमन प्रतिबन्ध गरिएको छ, भने खुुला रहने उद्योग तथा कम्पनीका कर्मचारीलाई समय–समयमा परीक्षण गरिनेछ । स्पेनमा मेसम्म देशव्यापी कर्फ्यू स्पेनमा आगामी मेसम्मका लागि देशव्यापी रुपमा कर्फ्यू लगाइएको छ । नागरिकहरूलाई त्यो अवधिमा केवल काममा जान, विद्यालय जान, औषधि किन्न वा बृद्ध व्यक्ति/बच्चाहरूको हेरचाह गर्न मात्रै अनुमति दिइन्छ । ६ वर्षभन्दा माथिका जो कोहीले पनि सार्वजनिक यातायातमा र देशभरका इनडोर सार्वजनिक स्थानमा अनुहार छोप्नुपर्छ । बेल्जियम: ४ जनाभन्दा बढी मानिस भेला हुन नपाइने बेल्जियममा आगामी अप्रिल १ सम्मका लागि लकडाउन बढाइएको छ । आवश्यकताभन्दा बाहेकका काममा एक ठाउँबाट अर्को ठाउँमा जान प्रतिबन्ध लगाइएको छ । एउटा घरबाट अरु कसैको घरमा जान पनि एक जनालाई मात्रै अनुमति दिइएको छ । बाहिर बसेर भेटघाट गर्नुछ भने, ४ जनाभन्दा बढी मानिस भेला हुन पाइँदैन । विद्यालय र पसलहरू खुला गरिएका छन् । तर, एक पटकमा व्यक्ति एक्लैले सामान खरिद गर्न पाउनेछन् । सामान खरिद गर्दा ३० मिनेटभन्दा बढी समय पसलमा बस्न पाइने छैन । पोर्चुगलमा अर्को लकडाउन हुँदै पोर्चुगलमा जनवरीबाट संकटकाल घोषणा गरिएको छ । जुन आगामी ३१ मार्चसम्मका लागि छ । गत १५ मार्चबाट केही व्यापार, नर्सरी र प्राथमिक विद्याल खोलेसँगै अवस्था केही खुकुलो गराइएको थियो । आगामी अप्रिलबाट मात्रै विस्तारै सबै खुलाउँदै लगिने जनाइएको छ । पसल, संग्राहलय, सेकेण्डरी विद्यालय, विश्वविद्यालय आदी भने अवस्थाले दिएमा १९ अप्रिलबाट खुल्नेछन् । नेदरल्याण्डमा स्थिति केही सहज भएपनि कर्फ्यू जारी नेदरल्ययाण्डमा माध्यमिक स्तरका विद्यार्थीहरू यतिबेला विद्यालयमा एक दिनमा एउटा मात्रै कक्षा लिन्छन् । हेयरड्रेसर र अन्य नजिक सम्पर्कमा रहेर हुने व्यवसाय(याैनकर्मीहरु बाहेक) पनि खुलिसकेका छन् । ती व्यवसायहरू ग्राहकको अपोइन्टमेन्टका आधारमा खुला हुन्छन् । २७ वर्षसम्मका किशोर र वयस्कहरु बाहिरका खेलहरूमा सहभागी पनि हुन सक्छन् । तर, बिहानको ९ बजेदेखि साँझ ४ः३० सम्म भने कर्फ्यू जारी नै रहन्छ । त्यहाँको सरकारले एक घण्टाले कर्फ्यूकोे अवधि घटाउनेबारे विमर्श गरिरहेको छ । आवश्यक नभएका पसलहरूसँगै बार र रेष्टुरेन्टहरू पनि बन्द छन् । दुई भन्दा धेरै व्यक्तिहरू एकै ठाउँमा भेला हुन प्रतिबन्ध छ । आयरल्यान्डमा पूर्ण रुपमा लकडाउन आयरल्यान्डमा गत डिसेम्बरको अन्तिमबाट पूर्ण रुपमा लकडाउनमा फर्कियाे । गत ५ अप्रिलसम्मका लागि यो जारी नै रहन्छ । काम, शिक्षा वा अन्य आवश्यक कामबाहेक घरबाट ३.१ किलोमिटरदेखि बाहिर निस्कन प्रतिबन्ध छ । व्यायाम गर्नु छ भने पनि त्यहीँभित्र अनुमति छ । निजी निवास, बगैंचामा बच्चाको या जोखिममा रहेका बृद्धको हेरचाहबाहेक अरुलाई प्रतिबन्ध छ । विवाहका लागि ६ जनामात्रै र अन्त्येष्टिका लागि १० जनालाई सारिक हुन अनुमति छ । रेष्टुरेन्ट, पब र क्याफेलाई टेकअवे र डेलिभरी गर्न मात्रै सुविधा छ । स्वेडेनमा स्वेच्छिक अनुसरण अन्य देशहरू लकडाउनमा जाँदा स्वेडेनले लकडाउन गर्न आवश्यक ठानेन । तर, १० जनवरीमा भने नयाँ आपतकालीन कानून लागू भयो । यसले सरकारलाई पहिलो पटक कोरोना भाइरससम्बन्धी काम गर्न मद्दत ग¥यो । अहिलेसम्म पनि स्विडेनी सरकार स्वेच्छाले औपचारिक स्वास्थ्य सिफारिसको अनुसरण गर्ने नागरिकमा निर्भर छ । त्यहाँको वर्तमान राष्ट्रिय निर्देशिकाले यात्रुलाई भीडभाड नगर्न, सार्वजनिक स्थानमा हिँड्दा मास्ककोे प्रयोग गर्न सिफारिस गरेको छ । पसल र जिममा एकबाट अर्को व्यक्तिको दूरी कम्तीमा पनि दश मिटरको हुनुपर्ने तोकिएको छ । रेष्टुरेन्ट र बारमा चार जनाबाट एउटा टेबलमा एकजना मात्रै बस्न सकिने प्रावधान तोेकिएको छ । क्याफे, सपिङ मल र ठूला खुद्रा पसलमा पनि एक पटकमा एकजनालेमात्रै काम पूरा गर्न पाउनेछन् । एजेन्सीकाे सहयाेगमा
प्रतिक्रिया