जिल्ला प्रशासन कार्यालय ललितपुरमा अत्यावश्यक बाहेकका सेवा बन्द

ललितपुर । जिल्ला प्रशासन कार्यालय ललितपुरले बिहीबारदेखि अत्यावश्यक बाहेकका सेवाहरु बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरस सङ्क्रमण बढ्दै गएको र कार्यालयका कर्मचारीहरु पनि सङ्क्रमित भई उपचारार्थ रहेको भन्दै जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सेवाहरु अर्को सूचना जारी नभएसम्मका लागि बन्द गर्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायद्वारा हस्ताक्षरित सूचनामा सेवा प्रदायकका रुपमा कार्यरत कर्मचारी तथा सेवाग्राहीबीचको नियमित र प्रत्यक्ष सम्पर्क हुने कामहरु नागरिकता तथा सोको प्रतिलिपि, सङ्घसंस्था एवं नाबालकका साथै राष्ट्रिय परिचयपत्र र राहदानीसम्बन्धी फाँटतर्फको सेवा हाललाई स्थगित गरिएको उल्लेख छ । शान्तिसुरक्षा र मुद्दासम्बन्धी अत्यावश्यक सेवा भने नियमित नै रहने सूचनामा भनिएको छ ।
ताजा अपडेट
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
-
सामसङको ग्यालेक्सी बड्स सार्वजनिक, के छन् विशेषता ?
-
कैलालीमा ‘मेस वायर’ तारजाली निर्माण
-
लमजुङका आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन
प्रतिक्रिया