मिठो खाने लोभले २४ वर्ष जेठासँग बिहे

नेपालवाच मल्टिमिडियाले पोडकास्टअन्तर्गत स्वरूप अडियो प्रस्तुत गर्ने गरेको छ । हरेक साता शनिबार ‘जमाना’ मार्फत हामीले ७० वर्ष कटेका आमा–बुबाहरू मार्फत उतिबेलाको नेपालको जीवन्त चित्र प्रस्तुत गर्ने गरेका छौं ।
त्यतिबेलाको समाज, जीवनशैली, प्रेमको चित्र हामीले अडियोमार्फत सुनाउनेछौंँ । पछिल्लो शृंखलामा हामी साँगाचोक –६, सिन्धुपाल्चोक पुगेका छौँ ।
त्यहाँ भेटिएका मकरबहादुर घर्ती र उनकी श्रीमती रत्नकुमारीलाई भेट्यौं । मकरबहादुर २०९६ माघ १६ जन्मेका थिए । जसले ३५ वर्षको उमेरमा आफूभन्दा २४ वर्ष कान्छी रत्नकुमारीलाई विवाह गरेर घरजम बसाले ।
त्यतिबेला पनि उनले बालविवाहको मुद्दा खेप्नु पर्यो । जीवन ज्युने शृंखलाका उकाली–ओरालीमा आइपरेका चुनौती, हाँसो, खुसी, आँसु रोदनहरूसँगै त्यतिबेलाको गाउँले प्रेमका अनेक किस्सा समेटेका छौं।
सुनौं साहित्यकारले अमित घिमिरेले प्रस्तुतिमा घर्ती दम्पत्तीसँग गरिएको अन्तरंग कुराकानी ।
०००
(नेपालवाच पोडकास्टमा प्रस्तुत छ– जमाना । जमानाका श्रृंखलामा साहित्यकार अमित घिमिरेले राजधानीनजिकैको जिल्ला सिन्धुपाल्चोकका विभिन्न स्थानमा पुगेर सात दशकभन्दा माथि उमेर पुगेका व्यक्तिसँग गरेको कुराकानी प्रस्तुत हुनेछ । घिमिरे भन्छन्– जहाँ पुग्दैन रवि, त्यहाँ पुग्छ कवि भनिन्छ । तर मलाई भन्न मन लाग्छ जहाँ पुग्दैन रवि र कवि, त्यहाँ पुगेको हुन्छ अनुभवी ।)
प्रकाशित मिति: शनिबार, मंसिर १८, २०७८, १७:५६:००
ताजा अपडेट
-
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
त्रिभुवन विमानस्थलको अध्यागमनमा खादा, माला र संस्थागत पहिचानका सामग्री प्रयोगमा प्रतिबन्ध
-
पाटन अदालतको इतिहासमा पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा
-
आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित
प्रतिक्रिया