प्लाष्टिकको झोला विस्थापन गर्न कपडाको झोला बनाउने तालिम

काठमाडौं – घरेलु तथा साना उद्योग कार्यालय झापाले प्लाष्टिकको झोलालाई विस्थापन गर्ने उद्देश्यले कपडाको झोला उत्पादनका निम्ति तालिम सुरु गरेको छ ।
मेचीनगर नगरपालिका–१२ का २० जना र अर्जुनधारा नगरपालिका–११ का २० गरी ४० युवालाई सो तालिम दिन सुरु गरिएको हो । प्रदेश नम्बर १ सरकारको ‘एक जिल्ला एक कार्यक्रम’ अन्तर्गत आएको रु १० लाखको बजेटमा सो कार्यक्रम सञ्चालन गरिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख जयनारायण अधिकारीले बताए।
उनले जिल्लामा प्लाष्टिकका झोलाले वातावरणमा प्रदूषण फैलाउने हुँदा यसको नियन्त्रण पनि हुने र युवालाई उद्यमी बनाउन मद्दतसमेत पुग्ने हुँदा कपडाको झोला उत्पादनका निम्ति तालिमको आयोजना गरिएको बताए।
एक महिनासम्म सञ्चालन गरिने तालिमका सहभागीलाई चाहिने आवश्यक सामग्रीसमेत कार्यालयले नै उपलब्ध गराउने उनको भनाइ छ। “उहाँहरूलाई तालिम दिएर त्यसै छाड्दैनौँ”, उनले भने, “तालिममा सहभागीको समूह बनाइदिएर स्थानीय सरकारसँग समन्वय गरी रोजगारीलाई दिगो बनाउनसमेत सहयोग गर्छौं ।”
प्रकाशित मिति: शुक्रबार, माघ १४, २०७८, ०६:२८:००
ताजा अपडेट
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
-
सामसङको ग्यालेक्सी बड्स सार्वजनिक, के छन् विशेषता ?
-
कैलालीमा ‘मेस वायर’ तारजाली निर्माण
प्रतिक्रिया