चिसोले कष्टकर बन्दै विपन्न तथा मजदुरको दिनचर्या

काठमाडौं – बाँकेमा दुई हप्तादेखि निरन्तर बढिरहेको चिसोले विपन्न तथा मजदुरको दिनचर्या कष्टकर बनेको छ। चिसोका कारण आम जनजीवन प्रभावित भए पनि विपन्न तथा मजदुरलाई जाडो छल्न ठूलो समस्या भएको छ। विकल्पविहीन गरिब तथा ज्येष्ठ नागरिक अत्यधिक चिसोले कठ्याङ्ग्रिएर बस्न बाध्य छन् ।
बाँकेमा पछिल्लो तीन दिन अत्यधिक चिसो महसुस गरिएको छ। नेपालगञ्जको न्यूनतम तापक्रम ८.४ डिग्री सेल्सियसमा झरेको जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरका प्रमुख वरिष्ठ जल अधिकृत विनोद पराजुलीले जानकारी दिए। उनका अनुसार न्यूनतम तापक्रम घट्दा बढी चिसो महसुस भएको हो। वर्षात् नभए पनि चिसो हावाका कारण तापक्रम घट्दो क्रममा रहेको छ।
चिसोका र शीतलहरबाट २६ हजार ३६ परिवारका एक लाख ६६ हजार प्रभावित हुनसक्ने जिल्ला विपद् व्यवस्थापन समितिले आकलन गरेको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले जानकारी दिए। उनले गरिब तथा निमुखालाई न्यानो कपडा उपलब्ध गराउने काम भइरहेको बताए। त्यसका लागि जिल्ला विपद् व्यवस्थापन समितिले ६०० थान कम्बल खरिद गरेर वितरण गरिरहेको उनको भनाइ छ।
जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले बाल सुधारगृहलाई सय थान, डुडुवा गाउँपालिका वडा नं ६, मगन्ताटोलका ४२ घरपरिवार र निलसागर वृद्धाश्रमलाई कम्बल वितरण गरिसकेको सहायक प्रमुख जिल्ला अधिकारी केसीले बताए।
प्रकाशित मिति: शुक्रबार, माघ १४, २०७८, १०:२३:००
ताजा अपडेट
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
-
सामसङको ग्यालेक्सी बड्स सार्वजनिक, के छन् विशेषता ?
-
कैलालीमा ‘मेस वायर’ तारजाली निर्माण
-
लमजुङका आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन
प्रतिक्रिया