NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

हेण्डुरसले पायो पहिलो महिला राष्ट्रपति

काठमाडौं । हेण्डुरसले पहिलो पटक महिला राष्ट्रपति पाएको छ । मध्य अमेरिकी मुलुक होण्डुरसमा ६२ वर्षीय शियोमारा कास्त्रो पहिलो महिला राष्ट्रपति बनेकी हुन् ।

कास्त्रो राजनीतिक पृष्ठभूमि भएको परिवारको सदस्य हुन् । उनका श्रीमान् म्यानुएल जिलाया सन् २००६ देखि २००९ सम्म हेण्डुरसको नेतृत्वमा थिए । पछि उनलाई ‘कू’ गरेर अपदस्थ गरियो । पारिवारिक विरासत धान्न कास्त्रो यसअघि दुई पटक राष्ट्रपतिका रूपमा चुनावी मैदानमा खडा थिइन् । तर अघिल्ला निर्वाचनमा उनी जनताको रोजाइमा पर्न सकिनन् । नोभेम्बरमा सम्पन्न चुनावमा भने जनताले उनलाई जिताए ।

उनले बिहीबार मात्रै पद तथा गोपनीयताको शपथ ग्रहण गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

हेण्डुरस यतिबेला गरिबी र राजनीतिक संकटले आक्रान्त छ । विषम् परिस्थितिमा राष्ट्रपतिको नेतृत्वमा पुगेकी उनको सामु उत्तिकै अवसर र चुनौती रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

शपथ ग्रहण समारोहमा बोल्दै उनले सामाजिक न्याय र पारदर्शिता कायममा भूमिका निर्वाह गर्ने वाचा गरेकी छन् ।

प्रकाशित मिति: शुक्रबार, माघ १४, २०७८, ०८:०९:००