NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

नुहाउने क्रममा महाकालीमा डुबेका किशोरको उद्धारपछि मृत्यु

दार्चुला । महाकाली नदीमा डुबेका एक किशोरको उद्धार पछि मृत्यु भएको छ ।

दार्चुलाको ब्यास गाउँपालिका पुन्सेराका कक्षा १२ मा अध्ययनरत एक विद्यार्थी नुहाउने क्रममा महाकाली नदीमा डुबेका थिए । केही समयअघिमात्रै उनको उद्धार गरिएको थियो ।

उनको नाम खुलेको छैन । उनी सदरमुकाम खलंगामा बसेर कक्षा १२ मा अध्ययनरत थिए । नेपाल प्रहरी र सशस्त्र प्रहरीले ती किशोरको उद्धार गरेको थियो ।
प्रकाशित मिति: शुक्रबार, माघ १४, २०७८, १६:५५:००