NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार १७ गते

सञ्चार मन्त्रीलाई एमाले अखिलको कालो झण्डा

ललितपुर । एमाले विद्यार्थी संगठन अनेरास्ववियुले सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई कालो झन्डा देखाएका छन्।

मंगलबार प्रदर्शनमा उत्रिएका विद्यार्थीले पुल्चोकस्थित सञ्चार मन्त्रीको निवासअगाडि उनलाई कालो झण्डा देखाएका हुन् ।

सो क्रममा विद्यार्थीले संविधान मिच्न उद्यत देखिएको भन्दै सरकारविरोधी नारा लगाएका थिए ।

‘संविधानबमोजिम समयमै स्थानीय तह चुनाव घोषणा गर्नुपर्ने यो संगठनको माग छ ।  यही माग राखेर केही दिनदेखि उसले प्रदर्शन गरिरहेको छ ।