ल्होसारको अवसरमा गाउँपालिकाले दियो ३ दिन सार्वजनिक बिदा

पुष्कर खड्का, नागरिक पत्रकार (रामेछाप) । रामेछापको सुनापति गाउँपालिकाले सोनाम ल्होसारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गाउँपालिकाले मंगलबार एक सूचना जारी गर्दै पर्वका अवसरमा १८ माघदेखि २० माघसम्म सार्वजनिक बिदा दिने निर्णय गरिएको जनाएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलराज श्रेष्ठले तामाङ समुदायको विशेष पर्व भएकाले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको जनाएका छन् ।
उनका अनुसार अबका तीन दिन गाउँपालिकाअन्तर्गतका सम्पूर्ण सरकारी तथा गैरसरकारी कार्यालय बन्द रहनेछन् ।
यस वर्षको सोनाम ल्होसार माघ १९ मा मनाइँदै छ । गाउँपालिकाले कोभिड–१९ संक्रमणको बढ्दो जोखिम ख्याल गरेर यसलाई मनाउन आग्रह गरेको छ ।
ताजा अपडेट
-
महिला एसियन कप छनोट चरणबाटै बाहिरियो नेपाल,उज्बेकिस्तान एसियन कपमा छनोट
-
उपाधि जितेको क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीले दिए बधाई
-
पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’
-
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
प्रतिक्रिया