दुई वर्षमै चोलेन्द्रका भाइले जाेडे ३० करोडको सम्पत्ति, शुद्धीकरण आयोगमा डा. केसीले दिए पूरक निवेदन
काठमाडौं । डा. गोविन्द केसीले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको सम्पत्ति छानबिन गर्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान आयोगमा पूरक निवेदन दर्ता गराएका छन् ।
बृहत नागरिक आन्दोलनका अगुवासमेत रहेका डो केसीले जबराको सत्तपत्ति छानबिनको माग गर्दै गत पुस ११ गते उजुरी दिएका थिए ।
अहिले जबराका भाइको नाममा करोडौंको अवैध सम्पत्ति रहेको भन्दै पूरक निवेदन दिएका हुन् । डा. केसीले दिएको निवेदनमा जबराका भाइ प्रमुख प्रभु शम्शेर जबराको नाममा काठमाडौंका विभिन्न ठाउँमा करिब ३० करोड बराबरको अवैध घर तथा जग्गा रहेको उल्लेख गरेका छन् ।
प्रभु शम्शेर जबराको नाममा गैरकानुनी असुलीलगायत अवैध आम्दानीबाट पछिल्लो दुई वर्षको अवधिमा मात्रै विभिन्न ठाउँमा करोडौंको घर र घडेरी खरिद गरेको प्रमाणसहित डा. केसीले पूरक निवेदन दिएका हुन् ।
निवेदनमा प्रभुका नाममा २०७६ मंसिर २४ गते काठमाडौं–२९ मा १०८५ कित्ता नम्बरको आठ आना घरजग्गा किनेको उल्लेख छ ।
यस्तै, २०७८ असोज २० गते गोठाटारमा कित्ता नम्बर १२४, कित्ता नम्बर ३३ मा साढे तीन रोपनी जग्गासहित करिब ३० करोड मूल्य बराबरको घरजग्गा खरिद गरेको पाइएको डा. केसीले निवेदनमा उल्लेख गरेका छन् ।
सम्पत्ति शुद्धीकरण आयोगमा चोलेन्द्र शम्शेर जबराविरुद्ध उजुरी परेपछि आयोगले अनुसन्धान अधिकृत नै तोकेर जबराको परिवार तथा आफन्तका नाममा रहेको सम्पत्ति छानबिन गरिरहेको छ ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया