NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

श्री एयरलायन्सद्वारा पोखरा, जनकपुर र सिमरामा सेवा विस्तार

काठमाडौं । श्री एयरलायन्सले पोखरा, जनकपुर र सिमारामा उडान विस्तार गरेको छ । दुईवटा क्यु ४००–८ विमानमार्फत हवाई उडान सेवा विस्तार गरेको हो ।

यसअघि श्रीले सन् २०१७ देखि सिआरजे २०० तथा सिआरजे ७०० जेट विमानबाट भद्रपुर, विराटनगर, भैरहवा, नेपालगञ्ज, धनगढी, राजविराज विमानस्थालमा हवाई सेवा सञ्चालन गरिरहेको थियो ।

क्यु ४००–८ विमान डी हयाभिल्याण्ड एयरक्राप्ट अफ, क्यानाडाबाट निर्माण गरिएको हो । यो नेपालमा हाल सञ्चालन भइरहेका टर्बो टाइप विमानमध्ये सिट क्षमता बढी भएको कम्पनीले जनाएको छ ।

यसमा शक्तिशाली दुईवटा पिडब्लु १५० एको इन्जिन भएकोले सुरक्षाको दृष्टिकोणबाट भरपर्दो विमान भएको कम्पनीको दाबी छ ।

कम्पनीले दुईवटा क्यु ४००–८ विमान थप गरेको छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष