NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ८ गते

प्रधानमन्त्रीको प्रेस प्रमुखमा गोविन्द परियार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रेस प्रमुखमा पत्रकार गोविन्द परियार नियुक्त भएका छन् । प्रधानमन्त्री देउवाले परियारलाई प्रेस प्रमुखमा नियुक्त गरेको उनको सचिवालयले जनाएको छ ।

परियार यसअघि विसं २०७४ मा पनि देउवा प्रधानमन्त्री भएका बेला प्रेस संयोजक भएर काम गरेका थिए ।

गत असारमा पाँच दलीय गठबन्धनको सरकार गठन भएपछिदेखि नै परियारले प्रधानमन्त्री देउवाको प्रेस सहयोगीका रुपमा काम गर्दै आएका थिए ।