NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ३ गते

बेलायतका विदेशमन्त्रीले रुस भ्रमण गर्ने

एएनआई । बेलायतका विदेशमन्त्री लिज ट्रुसले बेलायतको भ्रमण गर्नेभएकी छिन् ।

यही फेब्रअरी १० मा उनले बेलायतको भ्रमण गर्ने तय भएको अधिकारीहरूलाई उद्धृत गर्दै द टाइम्स पत्रिकाले सोमबार लेखेको छ ।

विशेष गरेर युक्रेनसम्बन्धी विवादमा छलफल गर्न उनले रुसको भ्रमण गर्न लागेको अधिकारीहरूले जनाएका छन् ।

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले अघिल्लो हप्ता नै रुस गएर युक्रेनमा रुसले आक्रमण गर्न लागेको भन्ने चर्चाका बारेमा बुझेर आउन निर्देशन दिएका थिए ।

तर त्यतिबेला उनी कोरोना भाइरसबाट सङ्क्रमित भएको पुष्टि भएपछि भ्रमण स्थगित भएको थियो ।

बेलायती विदेश मन्त्रीको रुस भ्रमणको विषयलाई अत्यन्त चासो र महत्वका साथ हेरिएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष