NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

बझाङको साईपाल गाउँपालीकामा भेडा च्याङग्रा मार्फत खाद्यन्न ढुवानी

सुनिल मण्डेल (बझाङ) – जिल्लाको बिकट तथा दुर्गम क्षेत्रमा रहेको साईपाल गाउँपालीकामा खाद्यन्न पुगेको छ । गत बिहिबार देखी सुरु भएको भारी हिमपातका कारण साईपाल गाउँपालीका बिभीन्न स्थानहरुमा खाद्यन्न अभाव भएपछि भेडा च्याङग्रा मार्फत खाद्यन्न ढुवानी गर्न थालीएको छ ।

बाटोमा बाक्लो हिमपात भएका कारण खाद्यन्न अभाव पछि आज देखी भेडा च्याङग्रा मार्फत खाद्यन्न ढुवानि गर्न थालीएको हो ।

साइपाल गाउँपालिकाको वडा–३ मा पर्ने काँडा, चुकझाड, बाँझचौका, वडा–४ मा पर्ने धुली, लाफडी, सैनगाउँ र वडा–५ को न्युनामा भेडा च्याङ्ग्रामार्फत चामल ढुवानी गरिएको बताईएको छ ।

हिमपातका कारण खच्चडबाट ढुवानी हुन नसकेपछि भेडा च्याङ्ग्रामार्फत चामल त्यसतर्फ पठाइएको हो । अहिले सबै वडामा चामल पुगिसकेको ढुवानीको जिम्मा लिएका ठेकेदार कम्पनी कृष्ण भण्डार एन्ड सप्लायर्सका दलबहादुर विष्टले बताए ।

उनले खाद्य सङ्कटको सबैभन्दा बढी जोखिम रहेको वडा–५ मा पर्ने न्युना गाउँका ३५ परिवारलाई प्रति परिवार ६० किलो पुग्ने गरी चामल ढुवानी गरेर वितरण गरिसकिएको जानकारी दिए ।

यस्तै धुली र काँडामा पनि केही महिनाका लागि पुग्ने पर्याप्त खाद्यान्न ढुवानी भइसकेको उनको भनाइ छ । खाद्यान्न अभाव पछि यहाँका स्थानीयहरूले दिउँसो एक छाक मात्र खाना खाने गरेका थिए । अहिले गाउँमा खाद्यान्न पुगेपछि साइपाल बासी हर्सित भएका छन् ।