NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ८ गते

ओली र कोइरालाबीच भेटघाट

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाबीच आज ओली निवास बालकोटमा भेटवार्ता भएको छ ।

कांग्रेस नेता कोइराला आज साँझ ओली निवास पुगेर भेट गरी वर्तमान समसामयिक राजनीतिक विषयमा छलफल भएको ओलीका प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिए ।

दुई नेताबीच आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचन र पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको बताइएको छ ।