गोठमा आगलागी : आठ लाखको धनमाल नष्ट

जलेश्वर । बर्दिवास नगरपालिका–९ का ब्रह्मदेव महतोको गोठमा आगलगी हुँदा आठ लाख बराबरको सरसामान जलेर नष्ट भएका छन् ।
आज बिहान अचानक विद्युत् चुहावट भई आगलगी भएको प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए ।
स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा आगलगीनियन्त्रणमा लिइएको थियो ।
प्रतिक्रिया