कांग्रेस निकट निजामती कर्मचारी युनियनको महाधिवेशन फागुन २१ देखि

काठमाडौं । नेपाली कांग्रेस निकट निजामती कर्मचारीको छाता सङ्गठन नेपाल निजामती कर्मचारी युनियनको आठौँ केन्द्रीय महाधिवेशन यही फागुन २१ गतेदेखि २३ गतेसम्म हुने भएको छ ।
युनियनको भर्खरै सम्पन्न बैठकले महाधिवेशन काठमाडौँमा सम्पन्न गर्ने निर्णय गरेको हो । युनियनले यसअघि गत माघ ८ देखि १० गतेसम्म महाधिवेशन गर्ने निर्णय गरे पनि कोरोना सङ्क्रमणका कारण उक्त महाधिवेशन स्थगित भएको थियो ।
युनियनको वर्तमान कार्यसमितिको म्याद चैतसम्म मात्र भएकाले स्वास्थ्यमापदण्ड अपनाएर फागुनभित्रै महाधिवेशन सम्पन्न गर्न लागिएको युनियनका उपमहासचिव दुर्गाप्रसाद फुँयालले जानकारी दिए ।
उपमहासचिव फुँयालले माघमा नै महाधिवेशन सम्पन्न गर्ने यसअघिको बैठकअनुसार काम अगाडि बढाइएकाले महाधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको बताए ।
ताजा अपडेट
-
हैजा रोग नियन्त्रणका लागि काठमाडौँ महानगर क्षेत्रमा जनचेतनामूलक कार्यक्रम
-
नेपालमा लगानी गर्न मलेसियाका लगानीकर्तालाई आग्रह
-
हुम्लाका तीन स्थानीय तहका विभिन्न बस्तीमा टेलिफोन सेवा अवरुद्ध
-
कर्णाली राजमार्गमा ठूला सवारीसाधन सञ्चालनमा रोक
-
चिरखुवा खोलामा साढे पाँच करोडमा पक्की पुल
प्रतिक्रिया