टिप्परको ठक्करबाट साइकल यात्रीको मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिकाको पाखापानीमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको रा१ख १२८६ नंको टिप्परले आज बिहान एक साइकल यात्रीलाई ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही गाउँपालिकाका अन्दाजी ४० वर्षीया डिला पौडेल रहेको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ ।
ठक्कर दिने टिप्परलाई नियन्त्रणमा लिइसकेको भए पनि चालक भने फरार रहेको प्रहरीले बताएको छ ।
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया