NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

ताजमहल र राष्ट्रपति भवनसमेत बेचिदिने महाठग अर्थात् ‘मिस्टर नटवरलाल’

काठमाडौं । उनलाई कसैले ‘ठग सम्राट’ भने, कसैले ‘ठग्स अफ हिन्दुस्तान’ । आफन्त र मित्रहरूले उनलाई सदा ‘मिस्टर नटवरलाल’ भनेर सम्मान गरे । बिहारको सिवान जिल्ला, जिरादेहीमा जन्मिएका मिथिलेश श्रीवास्तव भारतका यस्ता ठग हुन्, जसले दिन दहाडै ताजमहल र राष्ट्रपति भवनसमेत बेचिदिए ।

५२ वटा फरक–फरक नामबाट दुनियाँलाई ठग्न माहिर यी अदभूत प्राणी ‘नटवरलाल’का रूपमा कुख्यात भए, जसले भारतका आठ राज्यमा ४ सय मानिसलाई ठगे । करिब डेढ सय ठगीका मुद्दा उनीमाथि चलाइयो, जसमध्ये सय वटा मुद्दाको फैसला हुन नपाउँदै उनी अलप भए ।

वकिल बने महाठग

नटवरलाल अनपढ गवार थिएनन् । उनले कानूनमा एलएलबीसम्मको अध्ययन गरेका थिए र वकिल भइसकेका थिए । तर अदालतमा बहस गर्न छाडेर उनी ठगीतिर लागे, जसको कथा अदभूत छ ।

पहिलो पटक नटवरलालले केटाकेटी उमेरमै आफ्ना छिमेकीलाई ठगे । छिमेकीले उनलाई बैंकमा जम्मा गर्न भनेर बैंक ड्राफ्ट दिए, जसमा खातावालको हस्ताक्षर थियो । नटवरलालले त्यो हस्ताक्षर हुबहु नक्कल गरे । उनको मनमा लोभ पलायो, हस्ताक्षर नक्कल गरेर उनले छिमेकीको खाताबाट एक हजार रूपैयाँ निकाले । यो उनको जीवनको पहिलो जालसाजी थियो ।

एक दिन त्यसको पोल खुलिहाल्यो । नटवरलालका पिताले उनलाई भक्कुमार कुटे । त्यसपछि उनी गाउँ छाडेर कलकत्ता गए, जहाँ उनको पढाइ चालु रह्यो । कलकत्तामा उनले एक जना सेठका छोरालाई ट्युसन पढाउन थाले ।

एक पटक परीक्षाका लागि उनले सेठसँग पैसा मागे । तर सेठले दिएनन् । सोही झोकमा उनले सुती कपडाका व्यापारी ती सेठको साढे चार लाख रूपैयाँ ठगेर कलकत्ताबाट भागे । यहाँबाट उनको ठगीको ‘गियर अप’ हुँदै गयो ।

आफ्नो ठग जीवनमा नटवरलाल पटक–पटक गरी कुल २० वर्ष मात्र जेलमा रहे । उनीमाथि लागेका करिब डेढ सय मुद्दामध्ये पहिलो चरणमा १९ मुद्दाको फैसला आयो । यी १९ मुद्दामै नटवरलाललाई विभिन्न ठाउँका अदालतले कुल ११३ वर्ष कैदको सजाय सुनाएका थिए

नटवरवालको खुबी के थियो भने उनी जो कसैको हस्ताक्षर (दस्तखत) एक पटक देख्नासाथ त्यसको हुबहु नक्कल गर्नसक्थे । अंग्रेजी धाराप्रवाह बोल्न माहिर । भेष बदल्न खप्पिस । अनि उच्च आत्म विश्वास । नियमित पत्रिका पढ्ने भएकाले भारतको राजनीति, अर्थनीतिदेखि हरेक विषयको जानकारी राख्ने । उनले जति पनि ठगी गरे, त्यो यिनै खुबी र खासगरी नक्कली हस्ताक्षरको सहारामा गरे ।

फर्जी चेक र ड्राफ्टमा माहिर

नक्कली चेक र डिमाण्ड ड्राफ्टका आधारमा नटवरलालले धेरै ठगे । एउटा ठगीको घटना उल्लेखनीय छ । त्योबेला भारतमा राजीव गान्धी प्रधानमन्त्री र नारायणदत्त तिवारी अर्थमन्त्री थिए । एक दिन कुनै ठूलै नेताजस्तै देखिने पोशाक लगाएर नटवरलाल दिल्लीको कनाट प्यालेसस्थित घडीको दुकानमा गए । दुकानदारसँग उनले आफू अर्थमन्त्री नारायणदत्त तिवारीको निजी सचिव भएको परिचय दिए ।

‘भोली कांग्रेसका ठूला नेताहरूको बैठक छ । अर्थमन्त्रीका तर्फबाट प्रधानमन्त्रीलाई ९० वटा घडी पठाउनुपर्नेछ । अलि महँगो ब्राण्डेड घडी देखाउनुस्, हामी नर्थ ब्लकबाट डेलिभरी लिनेछौं,’ नटवरलाले भने ।

दुकानदारले पनि हौसिँदै एकसेएक महँगा घडी देखाउँछन् । भोलिपल्ट नटवरवाल ९० वटा घडी लिन आउँछन् । घडीले भरिएको ठूलो प्याकेटसहित दुकानदारलाई लिएर उनी गाडीमा अर्थमन्त्रीको नर्थब्लकस्थित कार्यालयको मुख्यद्वारसम्म पुग्छन् । गाडीबाट ओर्लेर घडीको प्याकेट समाउँदै उनले दुकानदारलाई करिब ५० हजार रूपैयाँको बैंक ड्राफ्ट दिन्छन् । दुकानदारलाई विश्वास दिलाउन उनी मन्त्रालयको मुख्यद्वारबाट भित्र प्रवेश गर्छन् । दुकानदार विश्वस्त हुन्छन् र गाडीमा फर्कन्छन् । तर, दुइ दिनपछि पत्ता लाग्छ, नटवरलालले दिएको डिमाण्ड ड्राफ्ट फर्जी रहेछ ।

१५ दिनपछि जेलमा पुनः नटवरलालकी पत्नीको चिठ्ठी आयो । त्यसमा लेखिएको थियो, ‘धन्यवाद जेलर साहेब, तपाईंले गर्दा मेरो खेतको खनजोत भयो, यसपालि उब्जनी राम्रो हुने भो । हामी तपाईंलाई आशिष् दिन्छौं

फर्जी चेक र ड्राफ्टका आधारमा उनले कैयौं ठूला उद्यमी, व्यवसायी र कर्पोरेट कम्पनीलाई ठगे । टाटा, बिडलादेखि धिरुभाइ अम्बानीसम्मलाई उनले ठग्न बाँकी राखेनन् । विभिन्न मन्त्रालयका फर्जी कागजातका भरमा राजनीतिक या सामाजिक कार्यकर्ताको भेषमा उनले व्यवसायीहरूबाट लाखौं रूपैयाँ हत्याए ।

ताजमहलदेखि राष्ट्रपति भवनसम्म बेचे

नटवरलाले केही विदेशी र आफ्ना बेवकुफ भाइहरूलाई गरी तीन पटकसम्म मुग सम्राट शाहशाहले रानी मुमताजको स्मृतिमा बनाएको ताजमहल बेचे । दुई पटक दिल्लीको लालकिल्ला बेचे । कहाँसम्म भने तत्कालीन राष्ट्रपति राजेन्द्र प्रसादकै हस्ताक्षर हुबहु नक्कल गरी दुरुस्त सरकारी कागजात तयार गरेर उनले भारतको संसद् भवनसमेत बेचिदिए ।

जतिबेला एकजना अंग्रेजलाई संसद् भवन बेचेर नटवरलाल पैसा कुम्ल्याइरहेका थिए, संसद् भवनमा सदनको कारबाही चलिरहेको थियो । हुँदा–हुँदा राष्ट्रपति राजेन्द्र प्रसादको हस्ताक्षर नक्कल गरेर उनले राष्ट्रपति भवनसमेत बेचिदिए ।

जेलबाट भाग्न पोख्त

आफ्नो ठग जीवनमा नटवरलाल पटक–पटक गरी कुल २० वर्ष मात्र जेलमा रहे । उनीमाथि लागेका करिब डेढ सय मुद्दामध्ये पहिलो चरणमा १९ मुद्दाको फैसला आयो । यी १९ मुद्दामै नटवरलाललाई विभिन्न ठाउँका अदालतले कुल ११३ वर्ष कैदको सजाय सुनाएका थिए ।

ठगी अभियानका क्रममा नटवरलाल जीवनमा नौ पटक पक्राउ परे । यस क्रममा पहिलोपटक पक्राउ पर्दा मात्र उनी जमानतमा रिहा भएका थिए, बाँकी आठ पटक उनी जेलबाटै विभिन्न तिकडम लगाएर फरार भए ।

एक पटक ‘इण्डिया टुडे’ का पत्रकारले नटवरलाललाई सोधे, ‘तपाईं जेलबाट सहजै कसरी भाग्न सक्नुहुन्छ ?’

नटवरलालको जवाफ थियो, ‘म कहाँ भाग्छु र ? प्रहरी स्वयं मलाई जेल या भ्यानको ढोका खोलेर जाऊ भन्छन्, म पनि गइहाल्छु ।’

कारबाही पूरा भयो, उनी अदालतबाट कारागारतिर लागे । तर, न्यायाधीशको त्यो एक रूपैयाँ उनले फिर्ता गरेनन् । यसरी एक रूपैयाँ भए पनि उनले न्यायाधीशबाट ठगे

एकपटक उनी लखनउ जेलमा थिए । जेलमा उनकी पत्नीको चिठ्ठी आइरहन्थ्यो । सात/आठ महिना भयो, नटवरलालले पत्नीको चिठ्ठीको जवाफ दिइरहेका थिएनन्, यो कुरा जेलरलाई पनि थाहा थियो । एक दिन जेलरले गएर भने, ‘तिम्रो श्रीमतीले यतिका पत्र पठाएकी छन्, कहिलेकाहीँ यसको जवाफ पनि त पठाऊ ।’

पहिलो पटक नटवरलालले जेलबाट पत्नीलाई चिठ्ठी लेखे । जेलमा बन्दीका लागि कसैले पठाएका मात्र होइन, बन्दीले जवाफमा पठाएका सबै चिठ्ठीहरू सेन्सर हुन्थे । अर्थात् ती चिठ्ठीहरू जेलका कर्मचारीले पहिला नै पढ्थे अनि मात्र प्रापकलाई दिन्थे । नटवरलालकी पत्नीले घरमा आर्थिक संकट भएको, एक्लै हुँदा समस्या भएको आदि दुःखेसो पोखेर चिठी लेखेकी थिइन् ।

नटवरलालले पत्नीलाई लेखेको जवाफी चिठ्ठी जेलका कर्मचारीले पढे । त्यसमा लेखिएको थियो, ‘खेतमा जानु, त्यहाँ एक हातसम्म खन्नु । तिमीले एउटा डब्बा फेला पार्नेछौं । त्यो डब्बामा सुनका गहनाहरू छन् । त्यही सुन बेचेर घरका आवश्यकता पूरा गर्नू ।’

हुन पनि, नटवरलालले गहना पसललाई समेत धेरै पटक ठगिसकेका थिए, चिठ्ठी पढेपछि जेलर हौसिए । नटवरलालको घरमा उनको चिठ्ठी पुग्नुअघि नै प्रहरी पुग्यो । प्रहरी टोली र मजदुर खेतमा पुगे र सुनको खजाना खोज्न भन्दै उत्खनन् सुरु भयो । दिनभरि लगाएर खेतका प्रायः सबै ठाउँमा खनियो, तर गहना कतै फेला परेन । प्रहरीहरू फर्किए ।

१५ दिनपछि जेलमा पुनः नटवरलालकी पत्नीको चिठ्ठी आयो । त्यसमा लेखिएको थियो, ‘धन्यवाद जेलर साहेब, तपाईंले गर्दा मेरो खेतको खनजोत भयो, यसपालि उब्जनी राम्रो हुने भो । हामी तपाईंलाई आशिष् दिन्छौं ।’

जेलर छक्क परे, उनले नटवरलाललाई सोधे, ‘आखिर यो के हो ?’

नटवरलालले भने, ‘मैले त तपाईंकै करबलले पत्नीलाई चिठ्ठी लेखेको हुँ, मबाट यस्तै हुन्छ भनेर म प्रायः चिठ्ठी लेख्दिनँ ।’

भारत सरकारले आफ्नो दिमागको सही सदुपयोग गरेको खण्डमा भारतलाई सबै विदेशी ऋणबाट मुक्त गरिदिने प्रस्तावसमेत उनको थियो । यही कारण भारतमा अहिले पनि भन्ने गरिन्छ, ‘नटवरलालभन्दा ठूलो ठग अहिलेसम्म जन्मिन सकेको छैन

अदालतमै न्यायाधीश ठगिए

ताजमहलदेखि राष्ट्रपति भवनसम्म बेचेकाले नटवरलाल भारतभरि चर्चित भइसकेका थिए । एक पटक कानपुर जेलमा हुँदा उनलाई अदालतमा पेशीका लागि लगियो । सबै कारबाही पूरा भइसकेपछि अदालतका न्यायाधीशले अन्तमा नटवरलाललाई सोधे, ‘ताजमहलदेखि लालकिला र संसद् भवनसम्म बेच्नेजस्तो दुष्साहसपूर्ण काम तिमी कसरी गर्नसक्छौ ?’

नटवरलालले भने, ‘जज साहब तपाईंसँग एक रूपैयाँ छ ?’

जज साहबले पर्सबाट अर्दलीमार्फत एक रूपैयाँको सिक्का नटवरलाललाई दिए । नटवरलालले त्यो एक रूपैयाँ आफ्नो गोजीमा राख्दै भने, ‘हो यसैगरी ती सबै काम गर्छु जज साहब ।’

कारबाही पूरा भयो, उनी अदालतबाट कारागारतिर लागे । तर, न्यायाधीशको त्यो एक रूपैयाँ उनले फिर्ता गरेनन् । यसरी एक रूपैयाँ भए पनि उनले न्यायाधीशबाट ठगे । उनले केही समयपछि एक अन्तर्वार्तामा भने, ‘मैले कसैलाई कहिल्यै लुटिनँ । जर्बजस्ती कसैबाट एक पैसा लिइनँ । बस्, मानिसहरू मलाई आफैंले पैसा दिन्थे ।’

भारत सरकारले आफ्नो दिमागको सही सदुपयोग गरेको खण्डमा भारतलाई सबै विदेशी ऋणबाट मुक्त गरिदिने प्रस्तावसमेत उनको थियो । यही कारण भारतमा अहिले पनि भन्ने गरिन्छ, ‘नटवरलालभन्दा ठूलो ठग अहिलेसम्म जन्मिन सकेको छैन ।’

गाउँमा सालिक बनाउने माग

कतिपय भारतीयहरू के पनि स्वीकार्छन् भने नटवरलाल वास्तवमै ‘जिनियस’ मान्छे हो । भलै, उसले आफ्नो दिमाग र प्रतिभा गलत काममा किन नलगाएको होस् । यदि नटवरलालको दिमागको सही उपयोग हुन सकेको भए देशको ठूलो हित हुने थियो ।

अहिले पनि नटवरलालको गाउँका मानिस उनलाई ‘भगवान्’ नै मान्छन् । नटवरलालले गाउँका बच्चा पढाउनेदेखि विवाह खर्चसमेत दिने गर्थे । यसैले जिरादेही गाउँका बासिन्दा अहिले पनि उनलाई नटवरलाल होइन, ‘मिस्टर नटवरलाल’ भन्छन् । कसैले नटवरलालको आलोचना गरेको सुने उनीहरू आक्रोशित हुन्छन् । कहाँसम्म भने एकपटक गाउँलेले नटवरलालको सम्मानमा गाउँमा उनको पूर्णकदको सालिक नै बनाउनुपर्ने माग राखेका थिए ।

एक पटक उनी जेलमै थिए । अमिताभ बच्चनको लिड रोलमा नटवरलालकै जीवनमा आधारित रहेर चलचित्र ‘मिस्टर नटवरलाल’ बन्ने भयो । जेलमा कसैले नटवरलालसँग सोध्यो, ‘तिम्रोबारेमा चलचित्र बन्दैछ, हेर्ने होला नि ।’

नटवरलालले भने, ‘म त्यो चलचित्र हेर्दिनँ । असली हिरो म यहाँ छु, म अर्को हिरोका चलचित्र हेर्दिनँ ।’

गुमनाम मृत्यु

सन् १९९६ मा नटवरलाल कानपुर जेलमा थिए । उनी ८४ वर्षका वृद्ध भइसकेका थिए । गोडामा समस्या भएकाले उनी ह्विलचियरको सहारामा थिए । एक दिन उनको स्वास्थ्यमा समस्या आयो । कानपुर प्रहरीले उनको उपचार दिल्लीको एम्स अस्पतालमा गराउने निधो गर्‍यो ।

नटवरलाललाई लिएर तीन जना प्रहरी कानपुरबाट रेलमार्फत दिल्ली पुगे । रेलबाट उतारेर उनलाई स्टेशनकै एउटा प्रतीक्षालयमा राखियो । हिँड्डुल गर्न नसक्ने र बिरामी भएकाले उनका लागि एम्बुलेन्स बोलाउने सुरसार भयो ।

जेलमा कसैले नटवरलालसँग सोध्यो, ‘तिम्रोबारेमा चलचित्र बन्दैछ, हेर्ने होला नि ।’ नटवरलालले भने, ‘म त्यो चलचित्र हेर्दिनँ । असली हिरो म यहाँ छु, म अर्को हिरोका चलचित्र हेर्दिनँ’

एउटा प्रहरी टिकट लिन भन्दै काउन्टरतिर गए । अर्का प्रहरी आफ्नै कुनै कामले कतै गए । अब प्रतीक्षालयमा नटवरलाल र एकजना प्रहरी मात्र बाँकी रहे । नटवरलाले आफूसँग भएका प्रहरीसँग चिया खाने इच्छा जाहेर गरे । उनको आग्रह ती प्रहरीले टार्न सकेनन् । प्रहरी के कुरामा विश्वस्त थिए भने केही सातादेखि ह्विल चियरको सहारामा बाँचिरहेको एउटा ८४ वर्षको बिरामी बुढो फरार हुने सम्भावना छैन । त्यसैले उनी चिया लिन भनी गए ।

केही समयपछि आ–आफ्नो काम सकेर तीन जना प्रहरी फर्किए, उनीहरूको आश्चर्यको सीमा रहेन । प्रतीक्षालयमा बसिरहेका नटवरलाल फरार भइसकेका थिए । यतिका दिनदेखि हिँड्डुलसम्म गर्न नसक्ने कैदी केही मिनटमै रेलवेस्टेशनबाट गायब भयो । सन् १९९६ जुन २५ को दिन थियो त्यो, त्यसपछि नटवरलाललाई कसैले देखेनन् । अन्तिम पटक फरार भएका उनी जिउँदै छन् या मरे भन्नेसमेत कसैलाई अत्तोपत्तो भएन ।

सन् २००९ मा नटवरलालका वकिलले अदालतसमक्ष उनको मुद्दा खारेजीको अपिल गरे । सन् १९९६ मा ८४ वर्षका नटवरलाल २००९ सम्म ९७ वर्षका हुन्थे । विभिन्न रोगले गाँजेकाले उनी त्यति उमेरसम्म जीवित नरहेको वकिलको दलिल थियो । तर अदालतले मानिरहेको थिएन, किनकि नटवरलालमाथि अझै एक सयभन्दा बढी मुद्दामा फैसला हुन बाँकी थियो ।

प्रतीक्षालयमा बसिरहेका नटवरलाल फरार भइसकेका थिए । यतिका दिनदेखि हिँड्डुलसम्म गर्न नसक्ने कैदी केही मिनटमै रेलवेस्टेशनबाट गायब भयो । सन् १९९६ जुन २५ को दिन थियो त्यो, त्यसपछि नटवरलाललाई कसैले देखेनन्

भारतीय मिडियाले फेरि खोजबिन थाले, नटवरलाल आखिर जिउँदै छन् या मरिसके ? यस्तैमा उनका भाइ गंगाप्रसाद श्रीवास्तवले भने, ‘मिस्टर नटवरलालको निधन सन् १९९६ मै भइसक्यो, जतिबेला उनी नयाँ दिल्ली रेलवे स्टेशनबाट भागेका थिए । मैले नै राँचीमा उनको अन्तिम संस्कार गरेको हुँ ।’

यद्यपि, नटवरलालको निधन गंगाप्रसादले भनेकै मितिमा भएको भन्ने कुनै ठोस प्रमाण थिएन, उनको अन्तिम संस्कारमा सहभागी एक जना पनि प्रत्यक्षदर्शी फेला परेनन् । तर नटवरलालकी छोरी र ज्वाइँलगायत अन्य आफन्तसँग बुझेपछि

क्रमशः उनका सबै मुद्दा खारेज गरियो । जब मुख्य अभियुक्त नै यो संसारमा नरहेपछि मुद्दा चलाउनुको अर्थ पनि रहेन ।

अहिले नटवरलाल र उनका दुई पत्नी यो संसारमा छैनन् । उनका भाइ गोपालगञ्ज र छोरी राँचीमा छन् । अहिले पनि महाठग नटवरलालको किस्सा सुन्ने र सुनाउने क्रम चलिरहेकै छ ।