टेस्ट ट्युब बेबी सेन्टरलाई दर्ता हुन १५ दिने अल्टिमेटम
काठमाडौं । बिनादर्ता सञ्चालनमा रहेका टेस्ट ट्युब बेबी सेन्टरलाई १५ दिनभित्र इजाजतपत्र लिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अल्टिमेटम दिएको छ । अन्यथा कानूनबमोजिम कारबाही गर्ने चेतावनी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
जनस्वास्थ्य सेवा नियमावली, २०७७ को नियम १२ बमोजिम निजी, गैरसकारी, सरकारी वा गैरनाफामूलक सामुदायिक स्वास्थ्य संस्था सञ्चालनका लागि सरकारी निकायबाट इजाजतपत्र लिनुपर्ने कानूनी व्यवस्था छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, कतिपय टेस्ट ट्युब बेबी सेन्टर अनुमतिबेगर सञ्चालनमा छन् ।
यस्ता सेन्टरलाई आगामी १५ दिनभित्र मन्त्रालयमा निवेदन दिन भनिएको छ । सो अवधिभित्र दर्ता प्रक्रियामा सामेल नभए कानूनबमोजिम हुने चेतावनी मन्त्रालयले दिएको छ ।
प्रतिक्रिया