अस्ट्रेलियामा एक नेपाली विद्यार्थी मृत फेला

काठमाडौं । अस्ट्रेलियामा एक नेपाली विद्यार्थी मृत फेला परेका छन् । काठमाडौंस्थित गल्फुटारका सुजन बस्नेत अर्वनस्थित आफ्नै कोठामा मृत भेटिएका हुन् ।
एनआरएनए न्यू साउथवेल्सका सचिव विनोद कुँवरले श्रेष्ठको मृत्यु भएको जनाउँदै उनको शव नेपाल पठाउन आर्थिक सहयोग आह्वान गरेका छन् ।
बस्नेत दुई महिनाअघि मात्रै उच्च शिक्षा अध्ययनका निम्ति अस्ट्रेलिया गएका थिए ।
बस्नेतको शव अहिले त्यहाँको प्रहरीले थप अनुसन्धानका लागि लिडकमस्थित शवगृहमा राखेको जनाइएको छ ।
प्रतिक्रिया