ललितपुरमा एकैघरका पाँच जनाको मृत्यु

काठमाडौं । ललितपुरमा एकैघरमा पाँच जनाको मृत्यु भएको छ । कोन्जोसोम गाउँपालिका ४ नल्लुस्थित काइली स्याङतानको परिवारका पाँच सदस्यको निसास्सिएर मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ ।
पाँच जनामध्ये चार जनाको सुतेकै ठाउँमा मृत्यु भएको र नवजात शिशुको पाटन अस्पतालमा मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ ।
२२ वर्षीया बुहारी शुष्मा सुत्केरी भएकोले आगो बालेर सुत्दा निसास्सिएर मृत्यु भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
यसरी सुतेकै ठाउँमा मृत्यु हुनेमा घरमुली ५५ वर्षीया काइली तामाङ, बुहारी २२ वर्षीया शुषमा स्याङतान, ९ वर्षका नाति आशिश स्याङतान र पाँच वर्षकी नातिनी आशमा स्याङतानको सुतेकै अवस्थामा ज्यान गएको हो ।
दुई दिने नाबालकको भने उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
२३ वर्षका नाती शुभाष स्याङतान घाइते भएपछि उपचार भइरहेको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
असार २३ सम्म शिक्षा ऐन जारी नभए आन्दोलन गर्ने शिक्षक महासंघको चेतावनी
-
हिमतालको जोखिम घटाउन जिसिएफको पाँच अर्ब अनुदान
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
प्रतिक्रिया