गाउँपालिका अध्यक्षको स्वीकारोक्ति : हो, मसँग बन्दुक छ

काठमाडौं । बन्दुकका कारण भाइरल भएका जाजरकोटको कुसे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले विभिन्न सञ्चारमाध्यममा आएका समाचारको खण्डन गरेका छन् ।
राजनीति र व्यक्तिगत प्रतिशोध साध्न आफूविरुद्ध प्रचारबाजी भएको उनले स्पष्ट पारेका छन् ।
नेपाली कांग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्ष बस्नेतले हालै एक विज्ञप्ति जारी गर्दै भाइरल भएको तस्बिर आफ्नो नभएको तर बन्दुक भने आफ्नै भएको भने स्वीकार गरेका छन् ।
आफू मोटरसाइल चलाउन नजान्नेलाई मोटरसाइकलमै बसेर बन्दुक बोकेको भन्दै प्रचार गरिएको उनले बताएका छन् ।
‘प्रकाशित समाचारमा मोटरसाइकलमा बसेर बन्दुक बोकेको देखिन्छ । तर, मलाई मोटरसाइल नै चलाउन आउँदैन’, उनले भनेका छन्, अरु कसैको तस्बिर राखेर भ्रम फैलाइयो ।’
आफूसँग लाइसेन्सप्राप्त बन्दुक भए पनि त्यो बोकेर आफू कहीँ कतै ननिस्किएको अध्यक्ष बस्नेतको दाबी छ ।
‘मसँग नेपाल सरकारद्वारा लाइसेन्सप्राप्त बन्दुक छ । त्यो बन्दुक म कतै हिँडेको छैन । मेरो बन्दुकबाट कोही पनि नागरिक त्रसित नभएको जानकारी गराउँदछु’, उनको स्पष्टोक्ति छ ।
हेरौँ विज्ञप्ति :
यस्तो छ गाउँपालिका अध्यक्षको बन्दुकको रहस्य
ताजा अपडेट
-
हिमतालको जोखिम घटाउन जिसिएफको पाँच अर्ब अनुदान
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
प्रतिक्रिया