अभिनय छोडेर युद्धमा होमिएका प्रसिद्ध युक्रेनी अभिनेताको मृत्यु
किएभ । रुस र युक्रेनबीच दुई सातादेखि युद्ध भइरहेको छ । युद्धका क्रममा सयौं मारिएका छन्, लाखौं विस्थापित भएका छन् । देशको रक्षाका लागि युक्रेनी नागरिकहरुले हतियार उठाए । यी भीडमा आफ्नो अभिनय पेशा छोडेर युद्धमा होमिएका युक्रेनी अभिनेता पासा ली मारिएका छन् ।
उनी अग्रपंक्तिमा रहेर लडिरहेका बेला मार्च ६ मा इरपिन क्षेत्रमा भएको गोलीबारी उनी मारिएको ओडेशा इन्टरनेसनल फिल्म फेस्टिभलले जानकारी दिएको छ ।
३३ वर्षीय ली युद्ध सुरु भएलगत्तै अभिनय छोडेर टेरिटोरियल डिफेन्स युनिटमा भर्ना भएका थिए । उनी युक्रेनका प्रसिद्ध अभिनेता, संगीतकार, डबिंग आर्टिस्ट र गायक थिए ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया