NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

अभिनय छोडेर युद्धमा होमिएका प्रसिद्ध युक्रेनी अभिनेताको मृत्यु

किएभ । रुस र युक्रेनबीच दुई सातादेखि युद्ध भइरहेको छ । युद्धका क्रममा सयौं मारिएका छन्, लाखौं विस्थापित भएका छन् । देशको रक्षाका लागि युक्रेनी नागरिकहरुले हतियार उठाए । यी भीडमा आफ्नो अभिनय पेशा छोडेर युद्धमा होमिएका युक्रेनी अभिनेता पासा ली मारिएका छन् ।

उनी अग्रपंक्तिमा रहेर लडिरहेका बेला मार्च ६ मा इरपिन क्षेत्रमा भएको गोलीबारी उनी मारिएको ओडेशा इन्टरनेसनल फिल्म फेस्टिभलले जानकारी दिएको छ ।

३३ वर्षीय ली युद्ध सुरु भएलगत्तै अभिनय छोडेर टेरिटोरियल डिफेन्स युनिटमा भर्ना भएका थिए । उनी युक्रेनका प्रसिद्ध अभिनेता, संगीतकार, डबिंग आर्टिस्ट र गायक थिए ।