रासायनिक हतियार प्रयोग नगर्न रुसलाई पोल्यान्डको चेतावनी
काठमाडाैं । पोल्यान्डमा राष्ट्रपति एन्ड्रजेज ड्युडाले आइतबार एक अन्तर्वार्तामा रुसले युक्रेनमा रासायनिक हतियारको प्रयोग गर्यो भने खेल बदलिने भन्दै चेतावनी दिएका छन् । कसरी जवाफ दिने भनेर नेटोले गम्भीरताका साथ सोच्ने पनि भनेका छन् ।
अहिलेसम्म नेटो युक्रेनमाथि रुसी आक्रमणमा हस्तक्षेप गर्ने पक्षमा थिएन । उनले भनेका छन्, दोस्रो विश्वयुद्धपछि विश्वले यस स्तरको कुनै युद्ध देखेको छैन । पुटिनले अहिले जुनसुकै हतियार पनि प्रयोग गर्न सक्छन् । अहिले विशेषगरी उनी कठिन परिस्थितिमा छन् । राजनीतिक रुपमा उनले यो लडाई हारिसकेको छ र सैन्य रुपले पनि उनले युद्ध जित्ने छैनन ।’
रुसले युक्रेनमाथि आक्रमण गरेको १८ दिन भयो । अहिलेसम्म युद्धविराममा रुसले सहमति जनाएको छैन । रुसी सेना युक्रेनको राजधानी किएभतर्फ बढिरहेका छन् । अन्य सहरमा पनि आक्रमण जारी छ ।
युक्रेनले बहादुरीका साथ रुसी आक्रमणको प्रतिरोध गरिरहेको छ । यसैका कारण पनि धेरैले रुसले रासायनिक हतियार प्रयोग गर्न सक्ने भन्दै चेतावनी दिइरहेका छन् ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया