बाराक ओबामा कोरोना भाइरसबाट संक्रमित

वासिंटन । पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामा कोरोना भाइरसबाट संक्रमित भएका छन् । उनले ट्विट गर्दै यसबारे जानकारी दिएका हुन् ।
ओबामाले ट्विटरमा लेखेका छन्, ‘मेरो कोभिड परीक्षण सकारात्मक आएको छ । केही दिनदेखि घाँटीमा समस्या महसुस गरिरहेको थिएँ, अहिले म ठिक छु । मिचेल र म खोप र बुस्टर डोजप्रति आभारी छौं, मिचेलको परीक्षण नकारात्मक आएको छ ।’
६० वर्षीय ओबामा हवाइको बसाईपछि हालै वासिंटन डिसी फर्किएका थिए । कोरोना भाइरसबाट संक्रमित अमेरिकी राष्ट्रपतिमध्ये उनी डोनाल्ड ट्रम्प पछि दोस्रो राष्ट्रपति हुन् ।
ताजा अपडेट
-
महेश बर्तौला भन्छन् ,गृहमन्त्रीको राजीनामा आउँदैन, छानबिन आयोग पनि बन्दैन
-
नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट
-
विपद् कोषमा चार अर्ब ६५ करोड बढी मौज्दात
-
नेपाल राष्ट्र बैंकको प्रवक्तामा किरण पण्डित नियुक्त
-
विपक्षीको अडान कायमै : प्रतिनिधि सभाको बैठक भोलि दिउँसो १ बजेलाई सारियो
प्रतिक्रिया