बाराक ओबामा कोरोना भाइरसबाट संक्रमित
वासिंटन । पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामा कोरोना भाइरसबाट संक्रमित भएका छन् । उनले ट्विट गर्दै यसबारे जानकारी दिएका हुन् ।
ओबामाले ट्विटरमा लेखेका छन्, ‘मेरो कोभिड परीक्षण सकारात्मक आएको छ । केही दिनदेखि घाँटीमा समस्या महसुस गरिरहेको थिएँ, अहिले म ठिक छु । मिचेल र म खोप र बुस्टर डोजप्रति आभारी छौं, मिचेलको परीक्षण नकारात्मक आएको छ ।’
६० वर्षीय ओबामा हवाइको बसाईपछि हालै वासिंटन डिसी फर्किएका थिए । कोरोना भाइरसबाट संक्रमित अमेरिकी राष्ट्रपतिमध्ये उनी डोनाल्ड ट्रम्प पछि दोस्रो राष्ट्रपति हुन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया