‘संयुक्त राष्ट्र संघमा अब महिला महासचिव हुनुपर्छ’

काठमाडौं । संयुक्त राष्ट्र संघ महासभाका अध्यक्ष अब्दुल्ला शाहिदले संयुक्त राष्ट्रसंघको अबको महासचिव महिला हुनुपर्ने धारणा राखेका छन् । महासभाको ७६ औ सत्रमा चार जना मात्रै महिला अध्यक्ष निर्वाचित भएका छन् भने महासचिवमा अहिलेसम्म कुनै पनि महिला चयन भएका छैनन् ।
महिलाको स्थितिसम्बन्धी आयोगको ६६औँ अधिवेशनको उद्घाटन गर्दै शाहिदले यसलाई सच्याउन आवश्यक रहेको बताएका हुन् ।
‘लैङ्गिक समानता र महिला सशक्तीकरणको सवालमा संयुक्त राष्ट्रसंघले विश्वभर उत्कुष्ट मापदण्ड लागू गर्न आह्वान गर्दै म व्यक्तिगत रूपमा अर्को महासचिव महिला होस् भन्ने चाहान्छु ।म व्यक्तिगत रूपमा अर्को महासचिव महिला हुनको लागि आह्वान गर्दै अगाडिबाट नेतृत्व गर्नेछु।’ उनले भने ।
विगत ७६ वर्षमा संयुक्त राष्ट्रसंघका सबै नौ महासचिव पुरुष रहेका छन् । वर्तमान महासचिव एन्टोनियो गुटेर्रेस आफ्नो दोस्रो पाँच वर्षे कार्यकालको पहिलो वर्षमा छन् ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया