क्यान्सर भएका युक्रेनी बालबालिकालाई बेलायत लगियो
काठमाडौं । क्यान्सर भएका २० भन्दा बढी युक्रेनी बालबालिकालाई बेलायत लगिएको छ । युक्रेनमा उपचार गराइरहेका २१ बालबालिका रुसको आक्रमणका कारण आफ्नो घर छाड्न बाध्य भएको स्वास्थ्य सचिव साजिद जाविदले बताएका छन् ।
उनीहरूलाई अहिले राज्य-सञ्चालित राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) द्वारा ‘हेरचाह गरिदैँछ र उनीहरू हेरचाहकर्ताहरूसँगै रहेको जाविदले स्काई न्यूज टेलिभिजनलाई बताएका छन् ।
बालबालिकाहरू र उनीहरूका परिवारका सदस्यहरू पोलिस अधिकारीहरूको अनुरोधपछि बेलायत सरकारले आइतबार व्यवस्था गरेको अत्यावश्यक उडानमा त्यहाँ पुगेका हुन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया