क्यान्सर भएका युक्रेनी बालबालिकालाई बेलायत लगियो

काठमाडौं । क्यान्सर भएका २० भन्दा बढी युक्रेनी बालबालिकालाई बेलायत लगिएको छ । युक्रेनमा उपचार गराइरहेका २१ बालबालिका रुसको आक्रमणका कारण आफ्नो घर छाड्न बाध्य भएको स्वास्थ्य सचिव साजिद जाविदले बताएका छन् ।
उनीहरूलाई अहिले राज्य-सञ्चालित राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) द्वारा ‘हेरचाह गरिदैँछ र उनीहरू हेरचाहकर्ताहरूसँगै रहेको जाविदले स्काई न्यूज टेलिभिजनलाई बताएका छन् ।
बालबालिकाहरू र उनीहरूका परिवारका सदस्यहरू पोलिस अधिकारीहरूको अनुरोधपछि बेलायत सरकारले आइतबार व्यवस्था गरेको अत्यावश्यक उडानमा त्यहाँ पुगेका हुन् ।
ताजा अपडेट
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
-
‘नेपालले मात्रै चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउन सक्ने अवस्था छैन’: अर्थमन्त्री पौडेल
प्रतिक्रिया