स्टाफ नर्सको ३०० पदमा आवेदन आह्वान (विज्ञापनसहित)

काठमाडौं । ३०० स्टाफ नर्स स्थायी प्रक्रियाबाट पदपूर्तिका लागि आवेदन आह्वान भएको छ । लोक सेवा आयोगले बुधबार नेपाल स्वास्थ्य सेवाअन्तर्गत जनरल नर्सिङ समूहको पाँचौं तह स्टाफ नर्स पदका लागि विज्ञापन आह्वान गरेको हो ।
यो पदको खुलामा मात्रै १६५ सिट छुट्याइएको छ भने महिलामा ४५, आदिवासी जनजातिमा ३६, मधेसीमा २९, दलितमा १३, अपांगमा सात र पिछडिएका क्षेत्रमा पाँच सिट छन् ।
आवेदन १८ वर्ष पूरा भई ४५ वर्ष ननाघेकाले दिनसक्नेछन् । त्यसका लागि चैत २२ सम्मको समय दिइएको छ । दोब्बर दस्तुर तिरेर भने चैत २९ गतेसम्म दिन सकिने लोक सेवा आयोगद्वारा जारी सूचनामा उल्लेख छ ।
ताजा अपडेट
-
हिमतालको जोखिम घटाउन जिसिएफको पाँच अर्ब अनुदान
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
प्रतिक्रिया