मुख्यमन्त्रीको सपथ लिँदै भगवन्तले भने, ‘विकासका लागि मिलेर काम गरौं’

काठमाडौं । भगवन्त मानले मुख्यमन्त्री पदको सपथ लिएपछि सर्वसाधारणलाई सम्बोधन गरेका थिए । उनले सपथ ग्रहण समारोहमा उपस्थितहरुलाई सम्बोधन गर्दै विपक्षीविरुद्ध नाराबाजी नगर्न अपिल गरे ।
भगवन्त मानले भने, ‘शपथ ग्रहणमा आएको सबैलाई धन्यवाद दिन्छु । तपाईहरुले १० मार्चलाई इतिहास बनाइदिनु भयो । भोली यदि कसैले लोभलालच र डरविना भोट दिन कहिलेदेखि सुरु भयो भनेर सोध्दा यसको जवाफ २० फेबु्रअरी २०२२ हुनेछ ।’
उनले सबै नयाँ विधायकलाई घमन्ड नगर्न पनि आग्रह गरे । ‘कसैको विरुद्धमा पनि नाराबाजी नगर्नु, हामी जसले भोट दिएन, उसको पनि मुख्यमन्त्री हो, उनको पनि सरकार हो’ उनले भने ।
‘हामीले आफ्नो देश बनाउने हो, यही बसेर काम गर्ने, बेरोजगारी, खेत, भ्रष्टाचार, विद्यालय, अस्पताललगायतमा यही काम गर्ने हो । हामीलाई तपाईहरुको सहयोग जरुरी छ’ उनले भने । पञ्जाबमा बनाउने विद्यालय र अस्पताल विदेशीहरुले पनि आएर हेर्ने खालको हुनेछ, उनको भनाई थियो । साथै उनले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल र उप मुख्यमन्त्री मनिष सिसोदियालाई पनि धन्यवाद दिए ।
पञ्जाबका राज्यपाल बनवारीलाल पुरोहितले भगवन्तलाई सपथ ग्रहण गराएका हुन् । उनी पञ्जाबका १७ औं मुख्यमन्त्री हुन् । आम आदमी पार्टीले ९२ सिटसहित बहुमतको सरकार बनाएको छ । पञ्जाबका अन्य मन्त्रीहरुले सपथ पछि लिनेछन् ।
ताजा अपडेट
-
स्थानीय तहको न्यायिक समिति सुदृढीकरणमा नीतिगत सुधार आवश्यक
-
एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेट : भुटानलाई हराएसँगै नेपाल समूह बिजेता बन्दै सेमिफाइनलमा
-
वायुसेवा निगमको सदृढीकरण अपरिहार्यः पर्यटनमन्त्री पाण्डे
-
निजामती विधेयकमा उठेका विषयमा छानबिन गर्न सभामुखलाई आग्रह
-
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
प्रतिक्रिया