NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

यस्तो बन्दैछ एमालेको घोषणापत्र

काठमाडौं । नेकपा एमाले स्थानीय तह निर्वाचनसम्बन्धी घोषणापत्र बनाउने तयारीमा जुटेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा मंगलबार बसेको सचिवालय बैठकले स्थानीय तह निर्वाचन कार्यविधि सम्बन्धमा निर्णय गरेको थियो ।

एमालेले बुधबार स्थानीय चुनाव घोषणापत्र तयारी कार्यशाला गोष्ठी आयोजना गरको छ । नीति अनुसन्धान प्रतिष्ठानको नेतृत्वमा विज्ञ टोली, स्थानीय संगठनका नेताहरूसहित बसेको बैठकमा घोषणापत्र प्रारम्भिक खाकाबारे छलफल भएको धुलिखेल नगरपालिका मेयर अशोक बेञ्जूले जानकारी दिए । उनका अनुसार ०७४ को घोषणापत्रमार्फत जनतामाझ गरेको प्रतिबद्धता, जनप्रतिनिधिको प्रगति विवरण, बाँकी रहेका कामको विषयमा छलफल भएको थियो ।

‘हामीले यसअघि जनतासँग प्रतिबद्धता जायर गरका काम कति पूरा भए ? सामाजिक–आर्थिक रुपान्तरणमार्फत राज्यको निर्देशक सिद्धान्त, मौलिक हक, राष्ट्रिय योजना आयोगका लक्ष्यहरू प्राप्त हुने गरी स्थानीय तहको सूचकको आधारमा विकास योजना कार्यक्रम केन्द्रीत हुनुपर्नेमा भएको छ ।

उनले बुद्धिजीवी परिषद्को प्रस्तावमा नीति अनुसन्धान प्रतिष्ठानको समन्वयमा तयार हुने घोषणापत्रलाई आगामी साता बस्ने केन्द्रीय कमिटीले पारित गर्ने बताए । ‘हामीले ७५३ पालिकाले छुट्टै प्रतिबद्धतापत्र जारी गर्छन् । केन्द्रबाट सिंगो देशलाई प्रतिनिधित्व हुनेगरी एउटै फम्र्याटको घोषणापत्र तयार हुनेछ’ उनले भने ।

स्थानीय तहको तयारीबारे रणनीति बनाउन एमालेले चैत ७ गते पोलिटब्युरो, ९ र १० मा केन्द्रीय कमिटी तथा १३ मा स्थायी कमिटीको बैठक बोलाएको छ ।

के छ उम्मेदवार छान्ने मापदण्ड ?

मंगलबार बसेको केन्द्रीय सचिवालय बैठकले स्थानीय तहका उम्मेदवार छनोटबारे मापदण्ड बनाएको छ । बैठकको निर्णयअनुसार ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकाको उम्मेदवार प्रदेश कमिटीको सिफारिसमा केन्द्रीय कमिटीले छनोट गर्नेछ । त्यस्तै नगरपालिका र गाउँपालिका प्रमुख-अध्यक्ष, उपप्रमुख-उपाध्यक्ष छनोट गर्ने जिम्मा प्रदेश कमिटीलाई दिएको छ । त्यस्तै वडाध्यक्ष र सदस्यहरूको छनोट वडा समितिको सिफारिसमा पालिका कमिटीले गर्नेछ । कस्तालाई उम्मेदवार बनाउने भन्नेमा विषयमा केन्द्रीय कमिटीले निर्णय गर्ने एमाले उपमाहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

‘हामीले सबै पालिकाबाट भएगरेका कार्यप्रगति विवरण मगाएर अध्ययन गर्छांै । त्यसका आधारमा कार्यसम्पादन मूल्याङ्कन गर्छौं’, उनले भने, ‘योग्यता, क्षमता, दक्षता र उम्मेदवारको स्थानीय तहमा प्रभाव मूल्याङ्कन गर्छौं । सबै क्षेत्रबाट आएको रिर्पोटिङ केन्द्रीय कमिटीमा पेश गर्छौं । त्यसकै आधारमा मापदण्ड कायम गर्छौं ।’

घोषणापत्र कस्तो बन्दैछ ?

–०७४ को चुनावमा घोषणापत्रमार्फत गरिएको प्रतिबद्धता, कार्यप्रगति र बाँकी कामको मूल्याङ्कन गरिनेछ ।

–पाँच वर्षमा निर्माण भएको भौतिक पूर्वाधारले सिंगो देशको शिक्षा, स्वास्थ्य, कृषिमा योगदान पुग्यो–पुगेन लेखाजोखा गरिने छ ।
–जनप्रतिनिधिहरूको भूमिकाबारे मूल्याङकन गरिनेछ ।

– राज्यको निर्देशक सिद्धान्त मौलिक हक, राष्ट्रिय योजना आयोगका लक्ष्यहरू प्राप्त गर्नेगरी स्थानीय तहलाई सूचकमा आधारितमा विकास निर्माणका योजना कार्यक्रमहरू तर्जुमा हुनेछ ।

–निर्वाचनलाई जनमुखी र मितव्ययी बनाउने र सामाजिक आर्थिक रुपान्तरणको क्षेत्रमा समिति परिचालन, उम्मेदवारको तौर–तरिकालाई व्यवस्थित गर्ने, सैद्धान्तिक र राजनीतिलाई संविधानसँग जोड्ने ।

–केन्द्रीय घोषणापत्रले सिंगो देशको प्रतिनिधित्व गर्नेगरी एउटै घोषणापत्र तयार गर्ने ।

–एमाले नेतृत्वको जनप्रनिधिले गरका राम्रा कामको लागत राख्ने ।