प्राध्यापक ध्रुव कुमारको निधन

काठमाडौं । राजनीतिशास्त्रका प्राध्यापक ध्रुव कुमारको निधन भएको छ । उनको बुधबार राति ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा निधन भएको हो ।
७३ वर्षीय ध्रुव कुमार मिर्गौला रोगबाट पीडित थिए । उनको निधनचाहिँ स्ट्रोकका कारण भएको बताइएको छ ।
ध्रुव कुमारले लामो समय प्रध्यापनमा बिताएका थिए । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको नेपाल तथा एसियाली अनुसन्धान केन्द्र (सिनास) मा केही समय आबद्ध उनी त्यहीबाट अवकाश भएका थिए ।
उनी लेखनमा पनि उत्तिकै सक्रिय थिए । अन्तर्राष्ट्रिय मामिला र सुरक्षाबारे उनका विभिन्न कृतिहरू नै प्रकाशित छन् ।
ताजा अपडेट
-
हिमतालको जोखिम घटाउन जिसिएफको पाँच अर्ब अनुदान
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
प्रतिक्रिया