फाल्गुनन्द गाउँपालिकास्तरीय चौथो राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता शुरु

फिदिम (शंकर चापागाईं, नागरिक पत्रकार) । गाउँपालिकास्तरीय चौथो राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता बिहीबारदेखि पाँचथरको फाल्गुनन्द गाउँपालिकामा सुरु भएको छ।
फाल्गुनन्द गाउँपालिकाको आर्थिक सहयोगमा फाल्गुनन्द–२ स्थित सत्यहाङ्मा माध्यमिक विद्यालय इम्बुङमा बिहीबारदेखि प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको संघीय सरकारका पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले उदघाटन गरे । सो क्रममा नेम्वाङले खेलकुदको विकास अपरिहार्य रहेको बताए ।
प्रतियोगितामा गाउँपालिकाका ११ वटा माध्यमिक विद्यालयहरूको सहभागिता रहेको खेल आयोजक मूल समितिका सचिव तथा सत्यहाङ्मा माध्यमिक विद्यालयका प्रधानाध्यापक रामभक्ति नेम्वाङले जानकारी दिए । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा छात्र तथा छात्राहरूको भलिबल, कबड्डी, विभिन्न दूरीका दौड, हाइजम्प, लङजम्प, त्रिपलजम्प, कराँते, तेक्वान्दो, उसुज्याभलिङ थ्रो, सटपुटलगायत खेलहरू सञ्चालन हुने आयोजकले जनाएको छ । प्रतियोगिता भोलिसम्म सञ्चालन हुनेछ ।
ताजा अपडेट
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
प्रतिक्रिया